काठमाडौं । गायिका आस्था राउतले खोजे जस्तो केटा नपाएका कारण विवाह नगरेको बताएकी छिन् । एउटा टेलिभिजन कार्यक्रममामा अन्तर्वार्ताका क्रममा राउतले सज्जन विज्नेशम्यान युवकलाई आफूलाई मन पर्ने बताएकी छिन्

‘मन मिल्यो भने जो केटासँग पनि विवाह गर्छु’, उनले भनिन्, ‘विभिन्न माध्यमबाट विवाहको प्रस्ताव आइरहेको छ ।’ संगीत बुझेको व्यक्तिलाई श्रीमान् बनाउने योजना रहेको उनले बताइन् ।

विवाहका लागि घरपरिवारमा ठूलो दवाव नरहको गायिका राउतले बताइन् । उनले भनिन्, ‘मेरो बाबा हरि राउतले विवाहका लागि दवाव दिनुभएको छनै । मन मिल्ने केटा आफै खोज भन्नुभएको छ ।’

आसनेपाली गीतसंगीतमा बिकृति भित्रिएको बताएकी गायिका राउतले भनिन्, ‘जथाभावी र नेपाली संस्कृतिलाई असर पर्ने खालका गीत संगीत आएका छन् । अब सरकारले नियम बनाएर सेन्सरसीप लागू गर्नुपर्छ


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार