मिस नेपाल २०१७ नीकिता चाण्डक कपिल शर्माको कमेडी सोमा अतिथिको रुपमा देखिने भएकी छिन् । उनले आफ्नो फेसबुक अकाउन्टमा फोटोसहित जानकारी सार्वजनिक गरेकी छिन्।

सोको पात्र किकु सर्दासँगको फोटोमा लेखेकी छिन्,अनि हाम्रो फेरी भेट भयो । मलाई कपिल शर्मा सोका लागि बोलाएकोमा धन्यवाद ।

क्याप्सनमा उनले किकुसर्दाको काम प्रतिको लगनशिताको पनि प्रशंसा गरेकी छिन् । सर्दा कमेडियन हुन् । टेलिश्रृङ्खला हातिममा होबो, अकबर बिरबलमा अकबरको रुपमा काम गरेका छन् ।

नीकिताले सोको कुन अङ्कमा आफू देखिन लागेको भन्ने खुलाएकी छैनन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार