जवानमै कपाल झर्नु महिला र पुरुषका लागि ठूलो चिन्ताको विषय हो । युवावस्थामै तालु देखियोस् भन्ने पुरुषहरु चाहँदैनन् । पुरुषको कपाल झर्न रोक्ने घरेलु उपाय पनि छन् । यसका लागि खासगरी तेलले मालिस गर्ने, नरिवलको तेल, अण्डा, एभोकाडो, सुन्तलाको जुस, घ्यू कुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग गर्ने सकिन्छ । राम्रो कपालका लागि खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ । यसका लागि गेडागुडी, खैरो भात खाने, भिटामिन बी कम्प्लेक्स प्रयोग गर्न सकिन्छ । कपाल झर्ने समस्याका कारणहरुमा मनोवैज्ञानिक समस्या, ब्याक्टेरियाको संक्रमण, केमोथेरापी, पौष्टिक तत्वको कमी र हार्मोनमा असन्तुलन हुन सक्छ । यसका साथै तालुको भागमा राम्ररी रक्तसञ्चार नहुँदा पनि कपाल झर्ने समस्या हुन्छ । पुरुषहरूमा कपाल झर्ने समस्याको घरेलु उपचारहरुमा :
तालुको मसाज
पुरुषको कपाल झर्नबाट रोक्नका लागि तालुको भागलाई मसाज गर्दा राम्रो हुन्छ । तालुको भागमा राम्रोसँग रक्तसञ्चारका लागि यसको मसाज गर्नुपर्छ । रगतले कपालका जरालाई चाहिने अक्सिजन बोकेको हुन्छ । यसले कपाललाई उमार्न र हुर्काउन मद्दत गर्छ । तसर्थ, नियमित रुपमा तालुको मसाज गर्दा रक्तसञ्चारमा सुधार आउँछ ।
अण्डा
अण्डामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । जसले कपाललाई बाक्लो र बलियो बनाउन मद्दत गर्छ । एउटा अण्डालाई मज्जाले फिटेर पेस्ट बनाई नियमित रुपमा कपाल र तालुमा लगाएर केही मिनेटसम्म त्यत्तिकै राख्नुपर्छ । त्यसपछि पखाल्नु पर्छ । यसले कपाललाई बाक्लो र चम्किलो बनाउने काम गर्छ ।
मरिच
एक गिलास दहीमा दुई र तीन चम्चा कालो मरिचको धूलो राखी पेस्ट बनाएर कपालमा लगाउँदा कपालको झर्ने दर कम हुन्छ । यसरी लगाएको केही मिनेटपछि स्याम्पू लगाई नरम तरिकाले पखाल्नु पर्छ ।
नरिवलको पानी
नरिवलको पानीमा प्रशस्त मात्रामा भिटामिन र पौष्टिक तत्व हुन्छन् । यसले कपाल पलाउनलाई सहयोग गर्छ । यसले कपालको जरालाई स्वस्थ र मजबुत पनि बनाउँछ । नरिवलको तेल वा नरिवल पानी दुवैलाई तालुमा लगाउन सक्नुहुन्छ । साथै नरिवलको पानी दिनहुँ पिउँदा कपाल र शरीर दुवै स्वस्थ हुन्छ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




