गरिब परिवारमा हुर्केकी थिए तर घरको काम केही जानेकी थिंईन।एक्ली छोरी थिए र घरको काम सिक्नुपर्छ भन्ने कुरा नै मनमा आएन।विवाह पछि दाम्पत्यजीवन सफल होला या नहोला भन्ने मनमा डर थियो।यसले के गरेर खाली र भन्थे!
आधा लभ र आधा मागी विवाह भयो ।माया गर्ने श्रीमान पाएकी थिए।चिया पकाउने देखी घरको काम सबै सिकाउनुभयो।श्रीमानको ‘म छु नि’ शब्दले आड भरोषा दिन्थ्यो।घरकी कान्छी बुहारी भएकोले होला सासु,ससुरा,जेठानी दिदी,नन्दअमाजु सबैले माया गरेरै काम सिकाउनुभयो।दिनभरी घरायसी कामले थकान हुन्थ्यो।श्रीमानले वेलुका खुट्टामा तेल लगाईदिनुहुन्थ्यो।खुट्टा छुन त नदिनुपर्ने हो तर धेरै माया गरेर लगाईदिएको भनेर भन्नुहुन्थ्यो।म फुरूक्क हुन्थे।विवाह गरेको सात महिना सम्म सवै काम सिकाएर मात्र अमेरिका जानुभयो।वुढीवुढीले नजानेको काम यूटुवमा हेरेर सिक्थ्यौ।मैले के खान्छु के गर्छु सवै ख्याल गर्नुहुन्थ्यो।महंगा उपहारहरू ल्याईदिने के खान्छ्यौ के लाउछ्यौ सबै सोध्ने।सिरियलमा देखेकी थिए श्रीमानले माया गरेको तर मैले त्योभन्दा वढी माया गर्ने श्रीमान पाएकी थिए।
सासु आमाले झन् माया गर्ने।जेठानी दिदी ले बैनि भनेर माया गर्ने।नन्दले त झन् दिदीको भन्दा नि तपाईको माया धेरै लाग्छ भनेर फुर्क्याउने।देवरले कलेज लाने ल्याउने र पढाई विग्रन्छ भनेर सानो तिने काम आफै गर्नुहुन्थ्यो।घरव्यवहार गर्न नजानेकी वुहारीले दुःख पाउछन् रे भन्ने सुनेकी थिए तर मैले त त्यसरी पाईन।
माईतको अलि आर्थिक स्थिति कमजोर थियो।कोरोना को समय थियो।बर्खाको समयमा पानी परेकाले घरको भित्तो भत्कियो।मलाई पढाउंदा पढाउदै रिण लाएको थियो झनै थपियो।दाजु हुनुहुन्थ्यो सौतेनी आमाको ।विदेश जाँदा कागजपत्र वनाउदा झन् रिण थपियो।विदेश गएपछि विरामी पर्नुभयो।नेपाल आउंदाजादा फेरी रिनै रिन।
माईत आउंदा खाली यही रिणको कुरा।बाबा आमाको मलिन अनुहार देख्दा माया लाग्थ्यो।चाडपर्व आउंदा घरवाट माईत जाउ,आमावावु भेट्नुपर्छ भनेर श्रीमानले भन्नुहुन्थ्यो तर माईत गयो कि दाईले रिणकै कुरा गर्ने।आमा यसै कारण विरामी पर्दै जानुभयो।घर वनाउँदा लिएको रिण लिने मान्छेहरू घरमा आउन थाले।मलाई नरमाईलो लाग्थ्यो।
घरमा माया पाईरहेकी थिए माईत सम्झ्यो कि निद्रा नै नपर्ने।त्यसैले आउजाउ कम गर्न थाले।माईत तिरका छिमेकीले धनि घर भेटेर उतै रमाउन थाली जस्ता कुरा गर्न थाले।माईत जादा ख्यालठट्टा गर्दथे तर मलाई साँचो वोलेको हुन् की जस्तो लाग्दथ्यो।पढाईको निहु पारेर माईत जानै छाडे।चाडपर्वमा मात्र जान्थे।अव सबै थोक यही घर हो भनेर पढाई र घरायसी काम गर्न थाले।भनेजस्तो घर पाएकी थिए श्रीमान पाएकी थिए म यसैमा खुशी थिए।
माईत गयो कि जेठानी यस्ता हुन्छन्।सासु अफ्ठेरा हुन्छन्।वुढालाई हातमा लिनु पर्छ।जती गरेनि देख्दैदेख्दैनन्।वुढाको कमाई आफै जम्मा गर्नुपर्छ जस्ता धेरै कुरा सिकाईन्थ्यो।माईतिहरू किन यस्ता हुन्छन्होला जस्तो लाग्थ्यो।
श्रीमान अमेरिकामा भएकोले पैसा पठाईदिनुहुन्थ्यो।श्रीमानको नेपालमा भएका एटियम मै सँग हुन्थे घरखर्च झिकेर चलाउ भन्नुहुन्थ्यो।घरमा किनमेल सासुले गर्ने हुंदा मैले खर्च नै गर्नपर्थेन।नन्दअमाजु,जेठानी,मामामाईजुले विदेशवाट पैसा पठाउंदा थोरै जम्मा गरेर आमालाई दिन्थे।आमाको मन न हो त्यही पैसा जम्मा गरी ढिकुटी खेलिदिनुभएछ।अलिअलि पैसा जम्मा भएको थियो श्रीमानलाई भने।ल ठिकै छ नि त भन्नुभयो।अलि समय पछि आमाले ढिकुटी बुझ्नुभएछ दशलाख जम्मा भएछ।यत्रो पैसा के गर्नु मैले?आमाले कसैलाई नभन म सहकारीमा व्याज लगाईदिन्छु भन्नुभयो।पछि बढेपछि निकाल्दा हुन्छ भन्नुभयो कुरा ठिकै लागेर जम्मा गरिदिए।चार महिना पछि थाहा भयो त्यो सहकारीको मान्छे त जम्मा भएको पैसा लगेर फरार भएछ।अव तनाव भयो।यदी वुढाले जम्मा गरेको पैसा मागे भने मैले के गर्ने?अलिअलि पैसा बुढाको खाता बाट नि झिकेर दिएकी थिए।यो तनावले मलाई घरमा छटपटी हुन थाल्यो।सासु ले केही भाको छ ? भनेर सोध्नुहुन्थ्यो मैले विरामी छु भनेर भन्थे र माईत जान्थे।माईत गयो झन् तनाव।वुढोलाई भनम् झनै डर।अनि महिना दिन नै माईत वसे।कहिले हस्पिटलमा विरामी भएको नाटक गरेर कहिले मिन्स रोकिएको छ।कहिले आमा विरामी हुनुहुन्छ।बाहाना पनि कति वनाउनु?सासुआमाले दिएको सुनको बालो हरायो भन्ने निहुँपारेर ढिकुरी मिलाए।
करिव एकवर्ष पछि श्रीमान आउनुभयो।पैसाको कुरै भएन म ढुक्क हुन थाले।एक दिन कुरा निस्किहाल्यो।मेरो अकाउंटबाट पैसा झिकेर पल्तिर दाईलाई दिउँ भन्नुभयो।म झसंग भए।पैसा अपुग थियो।आमालाई फोन गरे तल आईज भन्नुभयो अनि गए।यता मागे उता मागे पैसाको जोहो ना गर्न सकिन।तिनदिनपछि श्रिमानको अमेरिकाको फ्लाईट थियो।घरै जान डर लायो।आमाले मामासँग भन्नुभएछ।मामाले पनि पैसाको जोहो गर्न सक्नुभएन।उता घरबाट फोन आए को आएई छ।फोन नै अफ गरेर वसे।उता श्रीमान काठमाडौ जानुभएछ।
अरू केही उपाए नलाएपछि मामाले डिभोर्सको कुरा झिक्नुभयो।म अतालिए।यस्तो माया गर्ने घर छाडेर कहाँ यस्तो निर्णय लिन सक्छु?बरू श्रिमानलाई भन्छु भनेर आँट गरे।आमाले फेरी यस्तो कुरा सुनेर हाम्रो त व्यईजत ने हुने र छिमेकमा कसरी मुख देखाउने भनेर भन्नुभयो।म त झुण्डेरै मरे नि हुन्छ भन्नुभयो।म अलमल्ल परे।
घरवाट जेठाजु लिन आउनुभयो अनि घर गए।श्रीमान विदेश जादा पनि किन नआको भनेर सबैले सोध्न थाले।जवाफ के दिनु।उता आमाले फोन गरेर माईत आईज वुवा विरामी हुनुहुन्छ भनेर वोलाउनुभयो।माईत जाँदा त वुवा ठिकै हुनुहुन्थ्यो।अव के गर्ने।मामाले फेरि डिभोर्षको कुरा निकाल्नु भयो।माईत वसे नि मरे घर गएनि मरे हिम्मत जुटाए र हुन्छ भनिदिए।
मामाले मान्छे जम्मा गरेर बुढासंग शारिरीक सम्वन्ध नभएको कारण सम्वन्धविच्छेद गर्ने भनेर भन्न लाउनु भयो मैले त्यही भने।माया गर्ने मान्छे।हरपल सुखदु:खमा साथ दिने मान्छेलाई त्यस्तो झुटो आरोप कसरी लाउनु?वरू आत्महत्या गर्छु भनेर सोचे तर मर्न त्यती सजिलो थिएन।रातभर मनमा कुरा खेल्थे।नामर्दी रहिछे झुण्डेर मरी।भन्लान् भन्ने डर।
अनि श्रीमानलाई फोन गरे र सवै कुरा भने।उँहा त रूनु नै भयो ।सरी मागे।जे भयो भयो घर जाउ केही विग्रेको छैन भनेर भन्नुभयो।मामाले जानै दिनुभएन।विहानै मान्छे जम्मा गरेर डिभोर्श को कुरा निकाल्नुभयो।जिल्ला अदालत गएर दर्ता गरे।
एकमहिना पछि त मिन्स मै रोकियो।पेटमा वच्चा वसेछ।आमालाई भने अव के गर्ने?
धेरै रात सुत्नै सकिन।डिप्रेशनले झन् गल्दै गए।आत्महत्या गर्न खोजे तर पेटको वच्चाको मायाले गर्न सकिन र जेहोला जसे होला भनेर घर गए।यत्रो सबैथोक गर्दा पनि घरमा सबैले माया गरे।मैले गरेको गल्ती माफी गरिदिए।श्रीमानलो पैले जस्तो वास्ता त गर्नुहुन्थेन तर मन दरो वनाएर वसे।सासु ससुराको बढी माया गर्न थाले।एक महिना पछि श्रीमानले अमेरिका को प्रोसेस गर्ने पासपोर्ट पठाउ भन्नुभयो।सासुले नडराउ सबै ठिक हुन्छ भन्नुहुन्थ्यो।थोरै भए पनि आँट आउँथ्यो।
पासपोर्ट आमा सँग थियो जेठाजुलाई लिन पठाए।आमाले हराय भनेर दिनुभएनछ।म आफै गए आमाले डिभोर्षको कुरा थाहा हुन्छ यतै वस नत्र तेरै सामु झुण्डेर मर्छु भन्नुभयो।मामाले जावो बच्ची फालिदिएहुन्छ भन्नुभयो।मलाई तनावले पिरोलिथिएको थियो।के गर्ने के नगर्ने।नजिकैको स्वास्थ्य चौकिमा काम गर्ने दिदी सँग सल्लाह गरेर वच्चा फालिदिए।र डिप्रेशनको निद्रा लाग्ने औषधी खाएर सुत्ने गर्दथे।सात महिनापछि अदातल गए श्रीमान अमेरिका भएकाले मन्जुरीनामा लिएर पेपरमा हस्ताक्षर गरिदिए।के लेखेको छ पढिन।
मानाचलन वापत १५लाख लिएर मामाले कागज वानाएका रहेछन्।पैसा पनि मामाले नै लिए।वकिल लगाएवापत गाउंकै डाक्टर दिदीले दुई लाख लिएकी रहिछन्।
मलाई श्रीमानको मायाले सताईरहन्थ्यो।आफूप्रति घृणा लाग्थ्यो।मन वेचैन हुन्थ्यो।आमा र मामाको मुख हेर्नै मन लाग्दैनथ्यो।अनि जापानि भाषा पढ्ने निँहुले काठमाण्डु गएर वस्न थाले।
तिन महिना पछि मेरो नाममा अदालतबाट चिठी आएछ।घरमा आमाले नखोली पठाईदिनुभएछ।खोलेको त झसँग भए।मेरो र मामाको नाममा श्रीमानले मुद्दा हाल्नुभएको रहेछ।विवाहदर्ता नगरी डिभोर्ष गरेको केश परेछ।अव के गर्नु?आमा र मामाको फोन अफ थियो।चिटचिट पसिना आउन थाल्यो।आफै प्रती घृणा लाग्यो।जन्मदिने आमा प्रति र कर्मदिने मामा प्रति पनि।मेरो भविष्य प्रति खेलवाड गरे।मैले आमाको वचन काट्न नसकी आफ्नै श्रीमानको ईज्जत,बर्तमान र भविष्यको हत्या गरिदिए।एक मनले सोचे मैले आफैको त हत्या गरे र श्रीमानको पनि।हामी दुवै जना जिँउँदै मर्यौ।
(बाँकी अर्को भागमा)
लेखक इन्द्र भण्डारी (प्रकाश)
हाल जापान
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




