प्रायः मानिसहरुमा एंटीबायोटिक खाइरहेकाहरुले रक्सी वा मदिराजन्य पदार्थ खान हुन्छ कि हुदैन भन्ने सोचाई रहेको हुन्छ । केही मानिसहरु रक्सी सेवन गर्नाले एंटीबायोटिक औषधीले राम्रोसँग काम गर्दैन सोच्दै आइरहेका छन् भने कोही एंटीबायोटिक खाइरहेको बेलामा रक्सी खानाले त्यसको नराम्रो असर पर्छ भन्ने मान्दै आइरहेका छन् ।
लन्डनको जेनीटर्नरी क्लिनिकले यस बारेमा ३ सय भन्दा बढी मानिसहरुमा सर्वेक्षण गरेको थियो । तीमध्ये ८१ प्रतिशत मानिसहरुले रक्सी पिउनाले एंटीबायोटिकले असर नगर्ने बताए । त्यस्तै ७१ प्रतिशत मानिसहरुले एंटीबायोटिक खाइरहेको बेलामा रक्सी सेवन गर्नाले धेरै खालका साइड इफेक्ट गर्ने बताएका छन् ।
तर यथार्थमा एंटीबायोटिकलाई लिएर यि दुबै धारणहरु गलत रहेका छन् । डाक्टरहरुका अनुसार यस्तो गलत विचारले मानिसहरुलाई रक्सी सेवन गर्नबाट बचाउने गर्दछ । त्यसैले पनि उनीहरुले यस्तो गलत विचारलाई बढावा दिने गर्दछन् । ताकि बिरामीहरुले आफ्नो औषधी सही समयमा सेवन गरुन् ।
खासमा धेरै किसिमका एंटीबायोटिक्समा अल्कोहलले कुनै पनि असर गर्दैन । तर कुनै एंटीबायोटिक खाएको समयमा भने रक्सी सेवन नगर्नु नै राम्रो मानिन्छ ।
कुनै एंटीबायोटिक्स खाएको समयमा रक्सी सेवन नगर्नु भनिएको हुन्छ । यदि उक्त समयमा रक्सी सेवन गर्नाले टाउको दुख्ने, रिंगटा लाग्नृ, उल्टी आउने, छाति दुख्ने लगायतका समस्याहहरु देखिने गर्दछन । यस्ता एंटीकायोटिक्समा सेफोटेटान, मेटेनिडाजोल लगायत रहेका छन् ।
कुनै यस्ता पनि एंटीबायोटिक्स रहेका छन्, जुन खादाको समयमा रक्सी पिउन पनि सकिन्छ । तिनीहरुलाई एकसाथ लिनाले कुनै नराम्रो असर भने गर्देन । तर रोगबाट छुटकारा पाउन भने लामो समय लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




