८ जेठ, काठमाडौं

पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमा नेकपा एमाले १ सय १४ मा जित हात पार्दै पहिलो स्थानमा रहेको छभने कॉगेस र माओवादि दोस्रो र तेश्रो स्थानमा रहेको छ ।

गणान सम्पन्न भएको परिणाम अनुसार माओवादीले १४, कांग्रेसले तीन र एमालेले दुई जिल्लामा एउटै तहमा पनि जित्न सकेनन् ।

धोषित परिणाम अनुसार प्रदेश र दलको उपस्थित यस्तो रहेको छ ।

प्रदेश ३ : एमाले ५४, कांग्रेस ३३, माओवादी १६
प्रदेश नम्बर ३ का १३ जिल्लाका ११९ तहमा अहिलेसम्मको नतिजामा एमालेले सबैभन्दा धेरै ५४, कांग्रेसले ३३, माओवादीले १६ र राप्रपा, नयाँ शक्ति र नेमकिपाले एक–एक तह जितेका छन् । काठमाडौं, दोलखा, भक्तपुर र रसुवामा माओवादीले एउटा तहमा पनि जित निकाल्न सकेन । नौ जिल्लाबाट माओवादीले १६ तहमा मात्रै जित्यो । भक्तपुरबाहेक कांग्रेसले १२ वटा जिल्लामा जित निकाल्यो ।

प्रदेश ४ :  कांग्रेस ४४, एमाले ३३, माओवादी ५

प्रदेश नम्बर ४ का ११ जिल्लाका ८५ स्थानीय तहमा कांग्रेसले ४४, एमालेले ३३ स्थानीय तह जित्दा माओवादीले पाँचवटा मात्रै जित्न सक्यो । कास्की, पर्वत, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा र नवलपरासीमा माओवादी केन्द्रले एउटा पनि तह जित्न सकेन । गोरखा, तनहुँ, बाग्लुङ र लमजुङमा मात्र माओवादीले जित्यो ।

प्रदेश ४ को गोरखामा एमाले शून्य हुँदा कांग्रेस भने ११ वटै जिल्लामा जित्न सफल भयो । प्रभाव क्षेत्र रहेर पनि नयाँ शक्तिले गोरखामा समेत जित निकाल्न सकेन । माओवादी र नयाँ शक्तिलाई पछि पार्दै डा। बाबुराम भट्टराईको चुनाव क्षेत्रमा कांग्रेसले चुनाव जित्यो ।

माओवादी ३, कांग्रेस २ र एमाले एक जिल्लामा शून्य

प्रदेश नं. ६ का १० वटा जिल्लाका ७९ स्थानीय तहमा माओवादीले २५, एमालेले २६, कांग्रेसले २५ र स्वतन्त्रले दुई स्थानीय तह जितेका छन् । कालिकोटका दुई तहको नतिजा अझै आउँन बाँकी छ ।

प्रदेश ६ का दैलेख, मुगु र सुर्खेतमा माओवादीले एउटा तह पनि जित्न सकेन । प्रदेश ६ का अरू जिल्लामा जिते पनि रुकुम र डोल्पामा कांग्रेस तथा एमालेले रुकुममा एउटा पनि तह जित्न सकेनन् । रुकुममा ६ वटै तह माओवादीले जित्यो ।

(श्रोत नयाँ पत्रिका)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार