श्रावण २५ गते

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि लागिकिर्गिज रिपब्लिककाका राजदूत गैह्र आवासीय एच.ई. सैमर्जुलुल अडमकुलोवाले बुधबार शिष्टाचार भेट गरेकी छन् ।

सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध एवम् आपसी हितका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले बताएको छ । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो । भेटमा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको समेत राष्ट्रपति कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार