U.S. President Joe Biden, Australia's Prime Minister Anthony Albanese, Japan's Prime Minister Fumio Kishida and India's Prime Minister Narendra Modi hold a Quad meeting on the sidelines of the G7 summit, at the Grand Prince Hotel in Hiroshima, Japan, May 20, 2023. REUTERS/Jonathan Ernst/Pool

टोकियो/ जापान। अष्ट्रेलियामा अर्को साता हुने भनिएको क्वाड (चतुर्भुज सुरक्षा वार्ता- अमेरिका, भारत, जापान र अष्ट्रेलिया सम्मिलित समूह)को शिखर सम्मेलन स्थगित भएपछि शनिबार साँझ जि ७ शिखर सम्मेलन आयोजना स्थल नजिकै क्वाड(अमेरिका, जापान, भारत र अष्ट्रेलियाका)नेताहरुले भेटवार्ता गरेका छन् ।

४७ मिनेटको संक्षिप्त बैठकबाट क्वाड नेताहरूले इन्डो-प्यासिफिक क्षेत्रमा समुद्रमुनि गुणस्तरिय केबल नेटवर्कहरूको बिस्तारमा सहयोग गर्ने संयुक्त वक्तव्य तथा भिजन र तथ्य सहितको घोषणा पत्र जारी गरेका छन् ।

अष्ट्रेलिया, जापान, भारत र अमेरिकाका नेताहरूद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ -“ हामी त्यस्तो क्षेत्र चाहन्छौँ जहाँ कुनै पनि देशको प्रभुत्व हुँदैन र कुनै पनि देशको दवाव हुँदैन,जहाँ सबै देशहरू कुनै देशको जबरजस्तीबाट मुक्त रहनेछन् र आफ्नो भविष्य निर्धारण गर्न आफ्नो नियोगहरु प्रयोग गर्न सक्छन्,”।

क्वाडले जारी गरेको नयाँ सहकार्यमा -“केबल जडान र लचिलोपनको लागि क्वाड साझेदारी” अन्तर्गत – समुद्रमुनि केबल नेटवर्कहरू (सञ्चार पूर्वाधारको महत्वपूर्ण भागहरू ) विस्तारमा समर्थन गर्ने उल्लेख गरिएको छ।

यसका लागि क्वाडले कम्तिमा १,८०० छात्रवृत्ति सहितका कार्य आदानप्रदान र उच्च-स्तरीय पूर्वाधार परियोजनाहरूको डिजाइन, वितरण र व्यवस्थापनको उत्कृष्ट अभ्यासहरूको सुविधा दिने योजना पनि बनाएको छ।

अमेरिकी राष्ट्रपति बाईडेनले शनिबार जापानमा क्वाड नेताहरुसंग भेट्ने

अष्ट्रेलियामा हुने भनिएको क्वाड सम्मेलन पनि जापानको हिरोशिमा मै गरिने

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार