टोकियो/जापान। अमेरिकी राष्ट्रपति जो बाइडेनले आज(शनिबार, मे २० तारिख)भारत, अष्ट्रेलिया र जापानलगायत क्वाड समूहका नेताहरूसँग भेट गर्ने व्हाइट हाउसले जनाएको छ।

यस अघि,क्वाड सम्मेलन अष्ट्रेलियामा आयोजना हुने तय भएको थियो । तर अमेरिकी ऋण सीमा बढाउने विषयमा चलिरहेको वार्ताका कारण बाइडेनले वाशिंगटन पुग्नैपर्ने भएपछि अष्ट्रेलियाको भ्रमण स्थगित गरेका थिए।

अष्ट्रेलिया भ्रमण स्थगित भएपनि जापानमा जारी जि ७ हिरोशिमा शिखर सम्मेलनमा सहभागी हुने आईपुगेका क्वाड नेताहरुसंग जापानमै भेटघाट तथा क्वाड सम्मेलन गरिने बताईएको छ।

“म चाहन्छु कि त्यहाँ उभिएका गन्यमान्य मानिसहरुले त्यहाँ गुमेका हज्जारौँ जीवनहरूको कल्पना गरुन् “- तोकुसो

जि ७ हिरोशिमा शिखर सम्मेलन सुरु,विश्वभरका शक्ति राष्ट्रका शिर्षस्थ नेताहरु जापानमा

अष्ट्रेलियामा हुने भनिएको क्वाड सम्मेलन पनि जापानको हिरोशिमा मै गरिने

अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री किशिदा बिच बिहीबार हिरोसिमामा शिखर वार्ता हुने

 

 

 

 

 

 

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार