काठमाडौँ – राजनीतिमा प्रवेश गर्दा ठुलै हल्ला खल्ला गरेका कलाकार रेखा थापा र कोमल वली आगामी मंसीर १० र २१ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा उमेद्वार बन्न नसके पनि नायक तथा निर्माता नवल खड्का भने उमेद्वार बनेका छन् ।
राष्ट्रिय चासोको बिषयमा चलचित्र निर्माण गरेर जनचेतना जगाउने कार्य समेत सक्रिय रहँदै आएका नवल माओवादी केन्द्रको समानुपातिक सूचीमा परेका छन् ।
नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीमा प्रदेश नं. १ बाट प्रदेशसभा तर्फ उनको नाम समावेश गरिएको छ ।
छुट्टै राष्ट्रिय चलचित्र निर्माता संघ नेपाल खोलेर ब्यवसाहिक निर्माताहरुको हकहितका खातिर काम गर्दै आएका नवल नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष पनि हुन् । उनले आफ्नो कार्यकालमा कलाकार सम्बृद बनाउन बिभिन्न अभियान समेत संचाल गरेका थिए । कलाकारले सरकारबाट राष्ट्रिय परिचय पत्र पाउनुको पछाडी नवलको पनि महत्वपुर्ण योगदा रहेको छ ।
कलाकार नवल राष्ट्रिय चलचित्र नीति २०७१ निर्माण र बक्स अफिस कार्यान्वयनका लागि संघर्षरत एवं विदेशी चलचित्रलाई निरुत्साहित गर्न निरन्तर नेतृत्वदायी भूमिका खेल्ने कलाकार पनि हुन् ।
पछिल्लो समय नवल भारतीय सिमामा काँडेतार अभियानको अभियन्ता, वागमती सफाइ महाअभियानका सुरुवाती अभियन्ताका साथै विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




