२४ कात्तिक,काठमाडौा । बाम गठबन्धनको घोषणा पत्रमा स्वच्छ, सुन्दर र आधुनीक राजधानी अन्तर्गत उपत्यका लगायत बैरेनी र नौबीसे, टिष्टुङ, कुलेखानी त्रिशुली उपत्यका, मेलम्ची इन्द्रवती उपत्यका र दोलालघाट, पाँचखाल, भकुण्डेवेशी, बनेपा, धुलीखेल र पनौती सहित समावेश गरी वृहत्तर राजधानी उपशहर क्षेत्र विकास गरिने उल्लेख छ । एमाले र माओवादीले आगामी ५ वर्षमा गर्ने काम समेटेर गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
यस्तै हिमाली जिल्ला सदरमुकामलाई चार लेनका सडकमार्फत चीनको सीमानामा जोड्ने, हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्गलाई चार लेनको बनाएर सञ्चालन गरिने घोषणा पत्रमा उल्लेख छ । ‘आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिनेछ । यसै अवधिमा रसुवागढी–काठमाडौँ–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिनेछ ।
आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिको रेल सञ्चालन गरिनेछ’ संयुक्त घोषणापत्रमा उल्लेख छ, ‘काठमाडौं र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माण कार्य अघि बढाइनेछ ।
काठमाडौंलगायत अन्य मुख्य सहरहरूमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिनेछ । स्थानीय तहमा चक्रपथको सम्भाव्यता अध्ययन गरी निर्माण आरम्भ गरिनेछ ।’
राजधानी काठमाडौंलाई छिमेकी देशका रेलमार्गसँग जोड्ने र राजधानीसँग सबै प्रदेशका केन्द्रहरुलाई द्रूतमार्गले जोड्ने प्रण घोषणा पत्रमा गरिएको छ । ‘राजधानी काठमाडौंलाई छिमेकी मुलुकका रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रहरूसँग द्रुतमार्गहरूद्वारा जोडिनेछ ।
प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी प्रदेश केन्द्रहरूलाई जिल्ला सदरमुकाम तथा स्थानीय तहका केन्द्रसँग आधुनिक यातायात सञ्जालद्वारा जोडिनेछ’ घोषणा पत्रमा उल्लेख छ ।
घोषण पत्रमा हुलाकी राजमार्गका नयाँ स्थानमा १० वटा , पूर्व पश्चिीम राजमार्गका किनारमा थप १० वटा, भित्री तराई राजमार्गका विभिन्न स्थानमा १० ओटा , पुष्पलाल मध्यपहाडी राजमार्गका तोकिएका १० स्थानमा आधुनीक शहरको विकास गरिने उल्लेख छ ।
आधुनीक नयाँ शहर स्थापना गरिनुका साथै सबै शहरका केन्द्रमा स्मार्ट सिटी विकास गरिने उल्लेख छ । मस्याङ्दी उपत्यका, इलाम, अरुण उपत्यका, दामन, वालिङ, लुम्बिीनी, जुम्ला, डँडेलधुरा, साँफेबगर लगायतका स्थानमा घोषणापत्रमा ५ वर्ष भित्र पूर्वपश्चिम राजमार्गको समानान्तर विद्युतीय रेलमार्ग देखि रसुवागढी काठमाडौं, पोखरा र लुम्बिनीलाई रेलमार्गले जोड्ने प्रण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




