काठमाडौं– डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा विजुली वत्ति छैन । टेलिफोन लाग्दैन । जुन यथार्थ अरु कसैको नभएर प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँको हो ।
गन्यापधुरा गाउँपालिकामा अहिलेपनि ८० प्रतिशत भूभागमा टेलिफोन सेवा छैन । विजुली पुग्ने कहिले हो कहिले केहि थाहा छैन । वडा नं २का लोकन्द्र कार्कीले भने ‘टेलिफोन छैन । संसार आधुनिकताको चरम चुलिमा छ हामी भने अन्धकारमा बस्न बाध्य छौ । संचारको दुनियाबाट टाढा छौ ।’
सुदुरपश्चिमको विकास नै देउवाले गरेको भन्नेहरुको कमि नभएको समयमा उनकै गाउँपालिका मान्छेहरु भने अहिलेपनि उज्यालो र संचारको क्षेत्रबाट बन्चित रहनु परेको छ ।
वडा नं ३का भवानी ठगुन्ना भन्छन् ‘देउवा यो देशको ४ पटक प्रधानमन्त्री हुँदा पनि हाम्रालागि अहिले सम्म विजुली र टेलिफोन आएन भने कसरी विकास प्रेमी मान्नु हामी ।’
देउवाले बहुदलदेखि अहिले सम्म डडेलधुराबाट चुनाव जित्दै आएका छन् । यो पटक भने वामगठबन्धनको भोट उनको भन्दा ९ हजारले बढी छ । त्यसैले उनको चुनावी नतिजा कस्तो आउने हो अहिले नै भन्न नसकिने अवस्था रहेपनि रोचक प्रतिस्पर्धा हुने भने पक्का छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




