काठमाडौं, मंसिर १ – कांग्रेस नेता तथा नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार डाक्टर रामशरण महतको प्रचारमा रहेको गाडी एम्बुसमा परेर पल्टिँदा पाँच जना घाइते भएका छन् ।
चुनावी कार्यक्रममा गइरहेको बा १६ च ६६५ नम्बरको गाडी ककनी गाउँपालिका वडा नम्बर ५ डाडागाउँमा एम्बुसमा परेर पल्टिँदा ५ जना घाइते भएका नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिनुभयो ।
घाइते भएका उपेन्द्र मिश्र, सविन लामा, यसकुमार तामाङ, लिला घर्तीमगर र रमेश राईलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । नेता महतलाई लक्षित गरि आक्रमण गरेको भए पनि उहाँ सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको जिम्मा कसैले लिएको छैन ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार