काठमाडौं । यो दृश्यमा देखिएको महल भैसेपाटीमा अवस्थित छ । झट्ट हेर्दा ठूलै व्यापारीको जस्तो देखिने यो महल अरु कसैको नभएर इमानको राजनीति गर्छु भन्दै राजनीतिमा होमिएका रविन्द्र मिश्रको हो ।
बिबिसिमा लामो समय काम गरेका मिश्रले राजनीतिमा होमिन मासिक ६ लाखको जागिर छाड्दै इमानको राजनीतिको आडमा मिश्रले राम्रै सम्पत्ति आर्जन गरेको यो घरले प्रष्ट देखिन्छ ।
२० रोपनी क्षेत्रफलमा बनेको यो घरको मूल्य १६ करोड रहेको छ। परोपकारबाट अरुको त थाहा छैन् तर, मिश्रले आफ्नो भने राम्रैसँग उद्दार गरिसकेका रहेछन् । स्रोतका अनुसार अहिले यो घरलार्इ महिनाको ५ लाखमा भाडामा लगाउने तयारी हुँदैछ ।
इमान र इज्जत धरौटीमा राखेर अपहरणकारीले बार्गेनिङ गरेझैं काठमाडौं क्षेत्र नम्बर १ का जनताहरुलाई मिश्रले आँखामा धुलो हाल्ने काम गर्दै आएको देखिन्छ । निष्ठाको राजनीति गर्छु भन्दै चुनावी मैदानमा होमिएका मिश्रले आफ्नो उद्दार गरेर जनताको आँखामा धुलो हाल्ने काम गर्दै आएका देखिन्छन् ।
‘आफ्नो आङमा भैंसी हिँडेको नदेख्ने अर्काको टाउकोमा जुम्रा हिँडेको देख्ने’ मिश्र नेपाल र नेपालीको पक्षमा र लोकतन्त्रको पक्षमा कहिल्यै रहेका थिएनन् ।
विवेकशील साझा पार्टीका संयोजक समेत रहेका मिश्र काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । मिश्रसँगै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र बाम गठबनधनका युवा नेता अलिन शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




