१ पुस, काठमाडौं । आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु थिए ।
प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका दलहरुको अस्तित्व अब संसदमा हुनेछैन । थ्रेसहोल्ड कटाएका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा गरी पाँच पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् ।
३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा विवेकशील साझा पार्टी, नयाँ शक्ति नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक, जनमोर्चा, नेकपा माले, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरु भने राष्ट्रिय पार्टीको मान्यता पाउन सकेनन् । संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत मत ल्याउने पार्टीलाई मात्र राष्ट्रिय दलको मान्यता दिने व्यवस्था छ ।
थ्रेस होल्ड कटाउन नसकेका दलहरुबाट निर्वाचित भएकाहरु स्वतन्त्र सांसदको रुपमा संसदमा रहनेछन् ।
थ्रेसहोल्ड नकटाएका नयाँशक्ति, राप्रपा, जनमोर्चा र नेपाल मजदरुर किसान पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक–एक सिट जितेका छन् ।
गोरखा २ बाट निर्वाचित नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, झापा ३ बाट निर्वाचित राप्रपाका राजेन्द्र लिङ्देन, प्युठानबाट निर्वाचित जनमोर्चाकी दूर्गा पौडेल र भक्तपुर १ बाट निर्वाचित नेमकिपाका प्रेम सुवाल स्वतन्त्र सांसदको रुपमा संसदमा रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




