काएरो, २ वैशाख (सिन्ह्वा) । इजिप्ट अदालतले शनिबार मुस्लिम ब्रदरहुड समूहका प्रमुख नेता मोहमद बादीलाई हिंसा भड्काएको आरोपमा आजीवन काराबासको सजाय तोकेको इजिप्टको राज्य सञ्चालित समाचार संस्था मेनाले जनाएको छ ।
इजिप्टको उच्च अदालतले उनको अपिलमाथि सुनुवाई गर्दै अन्तिम निर्णय सुनाएको हो । निर्णयअनुसार बादी तथा उहाँको समूहका १७ सदस्यले सशस्त्र हडतालमा सम्लग्नता जनाएको तथा विरोधिको हत्या प्रयास गरेको अभियोगमा आजीवन कारावासको सजाय तोकिएको हो ।
इजिप्टमा आजीवन कारबासको सजाय पाएका व्यक्तिले २५ बर्ष जेलजीवन बिताउनु पर्ने कानूनी प्राबधान छ ।
उनीहरूविरूद्ध सरकारद्वारा प्रदान गरिएका प्रमुख सुविधा तथा धार्मिक महत्वका ठाउँहरूमा उपद्रव गरेको एवम् सामान्य जनजीवनलाई तहसनहस बनाउन खोजेको अभियोग लागेको छ ।
सजाय तोकिएका पूर्व राष्ट्रपति मोहम्मद मोर्सी, बादीलगायतका प्रायजसो ब्रदरहुड नेताहरू अहिले पनि जेलजीवन विताइरहेका छन् ।
बादीबाहेकका केही नेतालाई भने सजायमाथि पुनरावेदन गर्ने विकल्प अदालतले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




