काठमाडौं, १५ जेठ । प्रमुख दलहरु दोस्रो चरणको स्थानीय चुनाव सार्न सहमत भएपछि निर्वाचन आयोग छलफलमा जुटेको छ ।
जेठ ३१ मा गर्ने भनिएको निर्वाचन दलहरुको बीचमा नै सार्ने सहमति भएपछि निर्वाचन आयोगले असारको दोस्रो सातामा गर्ने गरी तयारी थालिएको छ ।
निर्वाचन आयोगले आफ्नो राय दिएपछि सरकारले नयाँ मिति तोक्नेछ ।स्रोतका अनुसार आयोगमा दुई मितिको विकल्पमाथि छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले असार ७ वा ८ गर्ने दोस्रो चरणको चुनाव गर्ने प्रस्ताव गरेका कारण उक्त मितिबारे आयोगमा छलफल भइरहेको छ । निर्वाचन आयोगले भने असार १४ गतेको प्रस्ताव अघि सार्ने योजना छ । यद्यपि यसबारे कुनै निर्णय भएको छैन ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार