पोखरा, १० असार । पोखराको एक होटलमा फ्रान्सका एकजना पर्यटक मृत अवस्थामा भेटिएका छन् । पोखराको लेकसाइड खहरेस्थित नमस्ते लजमा फ्रान्सेली पर्यटक फ्रान्कुक एनिक क्रिस्चियान मृतअवस्थामा फेला परेका हुन् । मृतक फ्रान्सेली पर्यटक फ्रान्कुक एनिक क्रिस्चियान आफू बसेको होटलको कोठाको झ्यालको डण्डीमा डोरीको पासो लगाएको अवस्थामा मृत अवस्थामा भेटिएका हुन् । शवको प्रकृति हेर्दा आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार