{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307625","source":"other","origin":"gallery","sources":["324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307630"}

टोकियो । आईतबार जापान भर ३९ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा बढेको हो । केहि दिन यता घटेको संक्रमण आईतबार होक्काईदो तथा टोकियोमा साबिकभन्दा वृद्धि भएकाले समग्र संख्या बढेको हो ।

हिजो,होक्काईदोमा १५ जना, टोकियोमा १४ जना, खानागावाकेनमा ५ जना,सिजुओकाकेनमा १ जना, फुकुओकाकेनमा ३ जना  र एहिमेकेनमा १ जनामा संक्रमण पुष्टि भएको हो । यसरी हेर्दा संक्रमण शुन्य रहेका प्रान्तहरुको संख्या भने बढेर ४१ पुगेको देखिन्छ भने, कम हुँदै गएको टोकियो तथा होक्काईदोमा भने संक्रमित संख्या बढेको छ ।

आईतबार थपिएको संख्यासंगै जापानभर हालसम्म संक्रमित संख्या १७ हजार ३ सय २० जना पुगेको छ । संक्रमित मध्ये १४ हजार ४९ जनाले स्वास्थ्य लाभ लिएका छन् भने ८ सय ५३ जनाको निधन भएको छ ।

संक्रमितहरु घट्दैगर्दा, जापान सरकार आज बाँकी रहेको ४ प्रान्तहरुको आपतकाल हटाउने घोषणा गर्दैछ । देशभरको आपतकाल हटाउँदै गर्दा तत्काललाई नियन्त्रण भएजस्तो देखिएको संक्रमण फेरि बढ्ने हो कि भन्नेमा विज्ञहरुको चिन्ता र चासो बढेको पाईएको छ ।

आईतबार टोकियोमा कोरोना संक्रमित बढ्यो,१४ जनामा संक्रमण (अपडेट)

शनिबार पनि जापानभर संक्रमण घट्यो जम्मा २४ जना संक्रमित, १३ हजार जना भन्दा बढि निको भए

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार