काठमाडौं, २२ चैत । सिरियामा विद्रोहीहरुको नियन्त्रणमा रहेको इदलिब शहरमा भएको संदिग्ध रासायनिक हमलामा कम्तिमा ५८ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् ।

मानवअधिकारवादी संगठनहरुका अनुसार खान शेखौनमा सिरियाली सरकार र रुसी जेटको हमलामा यति ठूलो हताहति भएको हो । उनीहरुको मृत्यु निसास्सिएर भएको बताइएको छ । राष्ट्रपति बशर अल असदका विरोधिहरुको स्थानीय कोअर्डिनेसन कमिटीहरुको नेटवर्कले केही तस्बिरहरु पोष्ट गरेका छन् ।

स्थानीय एम्बुलेन्स सर्भिसका एक सूत्रले बताएअनुसार हमलाको शिकार हुनेमा थुप्रै बालबच्चाहरु थिए जो सडकमै छट्पटाएर मरिरहेका देखिन्थे । घाइते व्यक्तिहरुको उपचार भइरहेको एउटा मेडिकल सेन्टरमा पनि हमला भएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार