काठमाडौं, २९ साउन । तेस्रो लिङ्गीका विषयमा साहित्यकार गीताकेशरीले लेखेको उपन्यास ‘नयाँ अध्याय’ सार्वजनिक गरिएको छ ।
ऐरावती प्रकाशनद्वारा प्रकाशित उपन्यास २३ भागमा लेखिएको छ । प्रा राजेन्द्र सुवेदीले यहाँ आयोजित कार्यक्रममा उपन्यास सार्वजनिक गर्दै अनुसन्धानमूलक उपन्यासले समाजबाट हेपिएका तेस्रो लिङ्गीलाई अधिकार स्थापित गराउन सहयोग पु¥याउने जिकिर गरे । उपन्यासमाथि समीक्षा गर्दै डा देवी नेपाल र गीता त्रिपाठीले उपन्यासमा शारीरिक अङ्ग पुरुष तर मानसिक रुपमा महिला भएर बाँच्नुपर्ने तेस्रो लिङ्गीको व्यथालाई सरल भाषा लेखिएको बताए । लेखिकाले सामाजिक परिवेशमा बस्न नसकी जीवनदेखि भाग्न खोज्ने तेस्रोलिङ्गीलाई बाटो देखाउन उपन्यासले भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार