काठमाडौं । सब्सिच्युट युवा फरवार्ड मनिष डाँगीको निर्णायक गोलमा नेपालले साफ च्याम्पियनसिपमा आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
शनिबार मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले माल्दिभ्सलाई १–० ले पराजित गर्दै ३ अंक जोडेको हो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक सावित भयो ।
काउन्टर अट्याकमा विशाल राईले मिडफिल्ड पार गरेको आक्रमणलाई मनिषले अघि बढाउँदै गोल गरेका थिए । त्यसक्रममा उनले तीन डिफेन्डरको चुनौती काट्दै गोलरक्षकलाई वन भर्सेस वनको स्थितिमा बिट गरेका थिए ।
खेलको अधिकांश समय माल्दिभ्सले बल पोसेसन र आक्रमणमा पकड जमाएपनि नेपाली टोलीले अनुशासित डिफेन्स गर्दै खेलमा आफूलाई कायम राखेको थियो । काउन्टर अट्याकमा समय समयमा माल्दिभ्सलाई समस्या दिएको नेपालले अन्तिम समयमा गोल पनि सोहि रणनीतिमा गर्यो ।
खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको लामो दुरीको प्रहारलाई गोलरक्षक मोहमद फैसलले सहजै बचाए । १२ औं मिनेटमा नेपाल गोल गर्ने अवसरबाट चुक्यो । नवयुग श्रेष्ठको पासमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा बललाई राम्रोसँग प्रहार गर्न नसक्दा अवसर खेर गएको थियो ।
१९ औं मिनेटमा अली फसिरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक किरणले सहजै बचाए । २३ औं मिनेटमा अन्जन विष्टको क्रसमा नवयुग श्रेष्ठको हेडर गोलरक्षक फैसलले विफल पारे । लगत्तै अर्को तर्फ माल्दिभ्सले गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन । नेपालको पेनाल्टी क्षेत्रभित्र माल्दिभ्सका तीन खेलाडीले एक आपसमा पास खेल्दै मुभ सिर्जना गरेपनि अन्तिम प्रहार भने हुन सकेन ।
२८ औं मिनेटमा अली फसीरको हेडर पोस्टभन्दा थोरै माथिबाट गएको थियो । ३३ औं मिनेटमा अली अश्फाकले काउन्टर अट्याकमा बढेको आक्रमणमा नेपालका दुवै सेन्टर डिफेन्सलाई बिट गरेपनि उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको अन्तिम प्रहार गोलरक्षक किरणले सहजै बचाए ।
दोस्रो हाफको सुरुवातमा नै तेज तामाङले लामो दुरीबाट गरेको प्रहारलाई गोलरक्षक फैसलले सहजै बचाए । ५६ औं मिनेटमा अन्जन विष्टले अफसाइड ट्रयाप बिट गर्दै अघि बढाएको आक्रमण उनको क्रसमा बक्सभित्र कोहि नहुँदा असफल भयो ।
५९ औं मिनेटमा कप्तान किरण चेम्जोङले सुन्दर बचाउ गर्दै खेल बराबरीमा कायम राखे । बायाँ विंगबाट आएको फ्रिकिकमा सामोह अलीको ६ यार्ड बक्सनजिकको हेडरलाई उनले विफल पारे । ६५ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार सिधै फैसलको हातमा पुग्यो ।
७६ औं मिनेटमा माल्दिभ्सको अग्रता लिने प्रयासमा कप्तान किरण पुनः बाधक बने । किरणले अली फसीरको ६ यार्ड बक्सनजिकको प्रहार विफल परेका थिए । जवाफी रिबाउन्डमा अश्फाकको प्रहार बाहिरीएपछि नेपालको लागि खतरा टरेको थियो । लगत्तै नाइज हासानको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।
दोस्रो हाफको ६९ औं मिनेटमा नवयुगको स्थानमा मनिष डाँगी मैदान प्रवेश गरेका थिए । ८२ औं मिनेटमा अन्जन विष्ट र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई मैदान प्रवेश गरेका थिए ।
यसआघ दिनको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । बंगलादेशले १–० को जित हासिल गर्दै ३ अंक जोडेको हो । बंगलादेशको जितमा टोपु बर्मनले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । श्रीलंकाका डिफेन्डरले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि रेफ्रीले ५६ औं मिनेटमा पेनाल्टी दिएका थिए । खेलमा श्रीलंकाका दुक्सन पुस्लासले रातो कार्ड खाएका थिए ।
नेपालले अब सोमबार श्रीलंकाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ९ः४५ बजे हुनेछ । सोमबार नै पहिलो खेलमा भारत र बंगलादेश भिड्नेछन् ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




