काठमाडौं । तेह्र वर्षपछि जन्मभूमी फर्किएका नेपाली मुलका बिकास मेराग्लिया ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लबमा अनुबन्धित भएका छन् । इटालीबाट १३ वर्षपछि नेपाल फर्किएका १९ वर्षीय बिकासलाई च्यासलले आसन्न लिगका लागि अनुबन्ध गरेको हो ।
बिकास शुक्रबार औपचारिक रुपमा च्यासलमा आबद्ध भएका छन् । उनले १० नम्वरको जर्सी लगाउनेछन् । नेपाली मूलका इटालियन खेलाडी बिकासलाई च्यासलले विदेशी खेलाडीको कोटामा अनुबन्धन गरेको जनाएको छ
। खेलाडी सर्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश व्यन्जनकार र विकासले सम्झौता पत्रमा हस्ताक्षण गरेका छन् । सम्झौता १ वर्षको रहेको छ । हुनेछ । इटालीमा व्यावसायिक फुटबल खेलिरहेका बिकासले इटालीको यु–१६ राष्ट्रिय टोलीबाट समेत खेलिसकेको बताइएको छ ।
‘ए’ डिभिजन लिग खेल्नका लागि उनी यसै साता जन्मभूमी फर्केका थिए । उनी सन् २००८ मा ६ वर्षको उमेरमा इटाली गएयता पहिलोपटक स्वदेश फर्केका हुन् । बिकासले इटालीको चर्चित क्लबमध्येको एक एटलान्टा र भेनेजियाकोको जुनियर टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेको जनाएको छ ।
च्यासलका अध्यक्ष व्यन्जनकारले बिकासलाई आफ्नो क्लबबाट लिग खेलाउन पाउँदा खुसी लागेको बताएका छन् । च्यासल तेस्रो पटक ‘ए’ डिभिजन लिग खेल्ने तयारीमा छ । च्यासलका अध्यक्ष ब्यन्जनकारले विकासलाई ल्याउने लामो समयको प्रयास सफल भएको बताए । ‘हामीले बिकासलाई लामो समयदेखि पछ्याएका थियौं । कोरोना र उनको उमेर नपुग्दा यसअघि समस्या थियो । अन्ततः उनलाई अनुबन्ध गर्न सफल भएका छौं । क्लबले यस सिजन कुल २ करोडको बजेट अनुमान गरेको छ ।’ उनले भने ।
च्यासलले यसअघि टोलीको प्रशिक्षकमा बालगोपाल साहुखल र टेक्निकल डिरेक्टरमा ले मान्सनलाई अनुबन्ध गरिसकेको छ । क्लबले यो सिजन युक्यानको किट प्रयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




