काठमाडौं । तनावपूर्ण बनेको खेलमा नेपालले मौरिसससँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पनि जित निकालेको छ । मिडफिल्डर सुजल श्रेष्ठको गोलमा १० खेलाडीमा समेटिएको नेपालले ९ खेलाडीमा समेटिएको मौरिससलाई १–० ले पराजित गरेको हो ।
यो जितसँगै नेपालले मौरिसससँगको दुई खेल क्लिनस्वीप गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपालले १–० कै जित निकालेको थियो । उक्त खेलमा विमल घर्तीमगरले गोल गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको १०औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए । नविन गुरुङको कर्नरलाई गोलरक्षक लोइक मिचेलले पञ्च गरेर बाहिर फालेको बललाई आशिष लामाले गरेको प्रहारमा पुजन उपरकोटीको ब्याकहिल ििफ्लक पासलाई सुजल श्रेष्ठले क्लोज रेन्जबाट फाइनल टच दिएका थिए ।
१२औं मिनेटमा गोलरक्षक तथा कप्तान किरण चेम्जोङले पेनाल्टी बचाउँदै नेपालको बराबरी टारे । पेनाल्टी बक्समा दिनेश राजवंशीले कप्तान एन्डी सोफीलाई फउल गर्न पुगेपछि रेफ्री नविन्द्र महर्जनले मौरिससलाई पेनाल्टी प्रदान गरेको थियो । तर कप्तान एन्डी सोफीले पेनाल्टीलाई नेपाली गोलरक्षक किरणले बचाउँदा रिवाउन्डमा एरिक विष्टले क्लियर गरिदिए ।
३६औं मिनेटमा तेज तामाङको झन्डै ३० यार्ड टाढाको सशक्त प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो । ४०औं मिनेटमा गोलरक्षक किरण पोजिसनमा नरहेको अवस्थामा एड्रियन बोट्लरको प्रहार पोस्टमाथिबाट थोरै बाहिरिदा मौरिसस बराबरीबाट चुक्यो ।
तनावपूर्ण बनेको खेलको ८०औं मिनेटमा दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो । नेपालका पुजन उपरकोटी र मौरिससएड्रियन बोट्लरर दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । नेपालका सहायक प्रशिक्षक बिकास मल्ललाई रेफ्री नविन्द्र महर्जनले रातो कार्ड देखाएका थिए ।
८४औं मिनेटमा मौरिसस ९ खेलाडीमा समेटियो । गौतम श्रेष्ठमाथि खराव ट्याकल गरेपछि रेफ्री इमानुयल फुलचुन्ड दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । लाइटका कारण खेल झन्डै ८ मिनेट खेल रोकिन पुगेको थियो । लाइटका कारण खेल झन्डै ८ मिनेट खेल रोकिन पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




