काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली टोलीले टिमोर लिस्टेको यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा हारबाट जोगिएको छ ।
कतारको दोहास्थित ग्राण्ड हमाद स्टेडियममा शनिबार राति भएको खेलमा नेपालले टिमोर लिस्टेको यु–२३ टोलीसँग २–० ले पछि रहेको स्थितिबाट २–२ गोलको बराबरी खेलेको हो ।
पहिलो हाफ मै दुई गोल खाएको नेपालले दोस्रो हाफमा दुई बराबरी गोल फर्काएको थियो । ४४औं मिनेटमा नेपाल पछि परेको थियो । लगत्तै पहिलो हाफमो इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा टिमोर लिस्टेले नेपालविरुद्ध अग्रता दोब्बर बनायो । ५१औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ७२औं मिनेटमा नेपाललेअर्काे गोल थप्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङसहित ११ खेलाडीको अनुपस्थिति रहँदा टोलीलाई दवाव भएको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीच विवाद भएपछि एन्फाले आफुविरुद्ध विद्रोह गर्ने खेलाडीलाई बाहिर राख्दै युवा खेलाडीलाई टोलीमा समेटेको छ । टिमोर लिस्टेपछि पछि नेपालले जेठ २० मा ओमानसँग मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ । यि दुवै खेललाई फिफाले अन्तराष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन । नेपाली टोली कतारबाटै एसियन कप छनोटका लागि कुवेत जानेछ ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




