काठमाडौं । तीव्र गतिका बलर करण केसीको पाँच विकेट र ओपनरको कीर्तिमानी ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानलाई ७ विकेटले पराजित गरेको छ । यो जितले नेपाल पाँचौं स्थानमा उक्लिएको छ ।
जितको लागि १ सय ६४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा आसिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए । कुशल भुर्तेल ५६ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि आसिफ र कुशलले २३.५ ओभरमा १ सय १४ रनको शतकीय साझेदारी गरेका थिए । देव खनाल १० रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे । ऐरीले विलाल खानलाई विजयी चौका प्रहार गरेका थिए । रोहित पौडेल २६ रनमा अविजित रहे । ओमानका फैज बटले दुई र खवर अलीले एक विकेट लिए ।
त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको ओमान ४६.५ ओभरमा १ सय ६३ रनमा अल आउट भयो । ओमानका कप्तान जिशान मकसुदले सर्वाधिक ५२ रन बनाए । सन्दीप गौडले ४७ रन बनाए । एक समय १६.१ ओभरमा ४९.५ को कमजोर अवस्थामा पुगेको ओमानलाई छैटौं विकेटका लागि मकसुद र गौडले ८३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
तीव्र गतिका बलर करण केसीले पाँचौं ओभरको दोस्रो बलमा ओपनर कश्याप प्रजापतिलाई दुई रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । करणले नै सातौं ओभरको दोस्रो बलमा शोएब खानलाई देव खनालबाट दुई रनमा क्याच आउट गराए ।
१३ औं ओभरको पाँचौं बलमा ओपनर जतिन्दर सिंहलाई सन्दीपले २३ रनमा बोल्ड आउट गरे । जतिन्दरले ३६ बलमा ३ चौका प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा अयान खानलाई सन्दीपले शून्यमा बोल्ड गरे । १७ औं ओभरको पहिलो बलमा खवर अलीलाई एक रनमा एलबीडब्लू आउट गर्दै ओमानलाई ४९–५ को कमजोर अवस्थामा पुर्याएका थिए ।
नसिम खुसी १० र कलिमुल्लाह १ रनमा आउट भए । नेपालका करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । करणको ओडिआई करिअरको यो दोस्रो पटक पाँच विकेट हो । यसअघि गत विहीनबार ओमानविरुद्धनै करणले ओडिआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका थिए ।
सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीको नाममा १-१ विकेट रह्यो । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो ।
ओमानको विश्वकप लिग २ मा सम्पूर्ण ३६ खेल सकिएको छ । शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोट खेल्नेकी पुछारको चारमा रहँदै प्लेमा पुग्ने अन्य टोलीको नतिजामा भर पर्नेछ । ओमान शीर्ष तीनमा रहने उच्च सम्भावना छ । नेपालले अव आज राती घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




