काठमाडौं । पंकज विक्रम नेम्वाङको अध्यक्षतामा अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व चयन भएको छ । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार राति भएको एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाले तत्कालका लागि १९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । २१ सदस्यीय कमिटि चयन गर्नुपर्ने भएपनि दुई सदस्यका लागि चार जना उमेदवारको बराबरी नतिजा आएपछि पुनः निर्वाचन हुने एन्फाले जनाएको छ ।
यही कार्यसमितिले महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछ । वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् । पंकजले ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी कर्माले ३९ मत पाए । स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन् ।
वरिष्ठ उपाध्यक्षमा पंकज प्यानलकै बिर बहादुर खड्का निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्धन्द्धी शिक्षित पराजुलीलाई ४ मतले पराजित गर्दै आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् । बिर बहादुरले ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी पराजुलीले ४० मत पाए ।
यस्तै उपाध्यक्षमा पंकज प्यानलका दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र कर्मा प्यानलबाट दीर्घ बहादुर केसी (कुमार) निर्वाचित भएका छन् । दावाले सर्वाधिक ४८ मत ल्याए । विराट र दीपकले समान ४७ मत ल्याए । कर्मा प्यानलका दीर्घले पंकज प्यानलका सुन्दर नरसिंह जोशीलाई १ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भए । दीर्घले ४२ तथा सुन्दरले ४१ मत पाए । उपेन्द्रमान सिंह र विज्ञान राज शर्माले समान ३७ मत तथा रत्न कुमार श्रेष्ठले ३६ मत पाए ।
महिला सदस्यमा पंकज प्यानलकी सरिला श्रेष्ठ र कर्मा प्यानलकी पेमा डोल्मा लामा निर्वाचित भएका छन् । सरिलाले ४६ तथा पेमाले ४३ मत पाइन् । कर्मा प्यानलबाट उमेदवार रहेकी विना श्रेठले ४० तथा पंकज प्यानलकी विन्द्रा देवानले ३९ मत पाइन् । दुई महिला सदस्यका लागि चार जना चुनावी मैदानमा रहेका थिए ।
११ सदस्य निर्वाचित, दुई जनाको लागि पुनः निर्वाचन हुने
अखिल नेपाल फुटबल संघ (एन्फा) को २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट १३ सदस्यमध्ये ११ जना निर्वाचित हुँदा थप दुई जनाको लागि पुनः निर्वाचन हुने भएको छ ।
खुल्ला १३ सदस्यमध्ये ११ जना निर्वाचित हुँदा चार जना उमेदवारको समान ३९ मत आएपछि गोलाप्रथा गरिने भनिएपनि विशेष साधरण सभाबाट चार जनाबीच निर्वाचन गराई दुई सदस्य छानिने एन्फाले जनाएको छ । एन्फाको विधान, फिफा र एएफसीको नियमहरु सबै विचार गरेर फिफा र एएफसीकै प्रतिनिधिहरुको राय र सुझावमा एन्फाले निर्वाचनको मिति तोक्ने र निर्वाचन समितिले ११ सदस्यस जनालाई निर्वाचित घोषणा गरेका छन् ।
दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत पाएका छन् । यि मध्ये दीपक, रुपेश र लोकेन्द्र कर्मा प्यानलका उमेदवार हुन् । मनिष जोशी ४८, अनिल मल्ल ४७, रविन्द्र चन्द ४६, विकास नारायण श्रेष्ठ ४४, भोजराज शाही ४४, महेन्द्र क्षेत्री ४४, पुरुषोत्तम थापा ४३, रमेश व्यन्जनकार ४३, मनिराज विष्ट ४२, टिकाराम लामा ४१ र भरत बुढ् थापा ४० मत पाएर निर्वाचित भएका छन् ।
निर्वाचित हुनेमध्ये मनिष जोशी, रमेश व्यन्जनकार, मणि राज विष्ट, टिका राम लामा र भरत बुढ्थापा कर्मा प्यानलका तथा अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री र पुरुषोत्तम थापा पंकज प्यानलका हुन् ।
राम राज गुरुङ ३८, अनिल श्रेष्ठ ३७, नेपाल कार्की ३६, प्रदेश सिंह राठौंर ३६, विनोद लामा तामाङ ३६, तपेश्वर कुमार राउत कुर्मी ३४, विजय घले ३४, निरोज खड्गी ३३, प्रविण कुमार यादव ३२, प्रविन कुमार सिलवाल ३२, मुखिया लामा ३२, मिलन गुरुङ १८, सुरेन्द्र शिख्रकार १२, सुन्दर थापा क्षेत्री ९, कुमार कटवाल ५ मत पाए । ढिला गरी उमेदवार फिर्ता लिएका कृष्ण मुरारी गुरुङ र मानदेव हजाराले मत पाएनन् । १३ सदस्यका लागि ३६ जनाको उमेदवारी परेको थियो ।
२१ सदस्यीय कमिटिका लागि अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उमेदवारी परेको थियो । यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका थिए । निर्वाचनमा ४५ जिल्लामध्येबाट ४२ जिल्ला, १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लब, मोफसलका ४ क्लबसँगै एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले मताधिकार पाएको थियो ।
एन्फाको नव निर्वाचित कमिटी
अध्यक्ष – पंकज विक्रम नेम्वाङ
वरिष्ठ उपाध्यक्ष – विर बहादुर खड्का
उपाध्यक्ष – दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र दीर्घ बहादुर केसी (कुमार)
महिला सदस्य – सरिला श्रेष्ठ र पेमा डोल्मा लामा
सदस्य – मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यन्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ् थापा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




