एजेन्सी
चीनले पहिलोपटक ट्रयाक बिनाको रेल गुडाइदिएको छ । चीनले विश्वकै पहिलो स्मार्ट ट्रेन बनाएको छ । यो रेल भर्चुअल रेल लाइनमा गुड्नेछ । उक्त भर्चुअल लाइन चीनको सडकमा बिछाइएको छ । चीनको झुजो प्रान्तको सडकमा यो प्रविधिको रेल पहिलोपटक गुडाइएको हो । यो रेलले एक पटकमा ३ सय यात्री बोक्न सक्दछ । यसको गति प्रतिघण्टा ७० किलोमिटर छ । रेलका ३ डिब्बा तयार भैसकेका छन् र त्यसलाई आपसमा मेट्रो जस्तै गरी जोडिएको छ । यो स्मार्ट ट्रेनभित्र रहेका यात्रीहरु एक डिब्बाबाट अर्को डिब्बामा जान सक्नेछन् ।
चाइना रेल निगम विश्वके ठूलो रेल कम्पनी हो । यो रेल हेर्दाखेरी लामो बसजस्तै लाग्नसक्छ । तर यो चल्ने तरिका निकै फरक छ । यो रेल चल्नका लागि कुनैप्नि भौतिक ट्रयाक चाहिँदैन । यो रेलका लागि सडकमा थोपायुक्त लाइनहरु खिचिएको हुन्छ, त्यसले नै स्मार्ट ट्रयाकको काम गर्दछ ।
यस्तो रेल प्रणालीको एक किलोमिटर निर्माणको खर्च १७ देखि २३ मिलियन युरो लाग्दछ । यो रेल चलाउनका लागि भर्चुअल ट्रयाकमा सडक मुनि सेन्सर जडान गरिएको हुन्छ । सोही सेन्सरको आधारमा भर्चुअल ट्रयाकबाट आवश्यक जानकारी प्राप्त गरेर रेल गुड्दछ ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार