काठमाडौं । अखिल नेपाल फुटबल सघ (एन्फा) ले पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि मिडफिल्डर रोहित चन्दलाई कप्तानको जिम्मेवारी प्रदान गरेको छ । अर्को साता हुने मैत्रीपूर्ण खेलका लागि नियमित कप्तान किरण चेम्जोङ अनुपस्थिति रहने भएपछि एन्फाले रोहितलाई कप्तानको जिम्मेवारी प्रदान गरेको हो ।

एन्फाले शुक्रबार पाकिस्तानविरुद्ध २३ सदस्यीय टोलीको घोषणा गर्दा रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । आइ लिग क्लब राउन्ड ग्लास पन्जाब एफसीमा व्यवस्त रहेका कारण किरणले पाकिस्तानविरुद्धको खेल गुमाउने भएका हुन् । उनको अनुपस्थितिमा गोलकिपरमा विशाल श्रेष्ठ, दीपक कार्की र विकेश कुथु रहेका छन् ।

रोहितसहित रक्षापक्तिमा अनन्त तामाङ, विकास तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का रहेका छन् । मिडिफल्डमा तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज ज्यू ठकुरी, पुजन उपरकोटी, आभाष लामिछाने, अन्जन विष्ट छन् ।

यसअघि गत महिना बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीमा नरहेका नवयुग श्रेष्ठले राष्ट्रिय टोलीमा पुनरामगन गरेका छन् । उनीसँगै फरवार्डमा विमल घर्तीमगर, सुनिल बल र ऋतिक खड्का रहेका छन् । नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । एन्फाले भिआइपीतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको छ ।

अन्तिम टोली
गोलरक्षक – विशाल श्रेष्ठ, विकेश कुथु र दीप कार्की
डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का
मिडफिल्डर – तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आवास लामिछाने
फरवार्ड – अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का, सुजल श्रेष्ठ

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार