काठमाडौं, वैशाख ४ । राष्ट्रपति विद्यादेवी भण्डारी भारत प्रस्थान गरेकी छन् ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणमा ४ दिने राजकीय भ्रमण गर्न लागेकी राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपतिका रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण हो । ३४ सदस्यीय भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादवलगायत छन् ।
भारत बसाईका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जीसँग भेटवार्ता गर्नेछिन् । उनलाई राष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको पनि भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीको जाने र आउने दिन सरकारले सार्वजनिक विदा दिएको छ । राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्कनेछिन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार