काठमाडौं । हाँस्यकलाकार जितु नेपालले दलहरुले कलाकारलाई प्रयोग मात्रै गरेको भनेर दलहरुसँग आक्रोश पोखेका छन् । राप्रपा छाडेर एमालेमा प्रवेश गरेकी चर्चित गायिका कोमल वलीलाई एमालेले टिकट नदिएपछि कलाकार नेपालले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् दलहरूले कलाकारलाई उपयोग गरेको र त्यस विषयलाई कलाकारले पनि नबुझेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले एमालेले कोमल वलीलाई एमालेले हरियो घाँस देखाएर ठण्डाराम पारेको कुरा स्टाटसमा लेखेका छन् ।
फेसबुकमा स्टाटस लेख्दै कलाकार नेपालले भनेका छन् कलाकारलाई कार्यक्रममा भीड जम्मा गर्ने पात्र मात्र भन्ठान्नु दलहरुका लागी ठूलो भूल हुने समेत उनले चेतावनी दिएका छन् । उनले भनेका छन् ‘कुनै पनि दल र नेताहरूले हामीलाई सम्झिने भनेको यिनका आमसभा, चुनाव प्रचार प्रसारलगायतका कार्यक्रममा भीड जम्मा पार्ने माध्यम बन्ने र उनीहरूले भाषण गरून्जेल जनता अड्याउने कामका लागि मात्रै हो ।
त्यसैले आफ्नो प्रतिभा र लोकप्रियताको भर परौं, आफ्नो पेसा इमान्दारीका साथ निर्वाह गरी सम्पूर्ण नेपालीको मनमनमा बस्ने काम गरौं, कुनै पार्टीको गोटी भएर हाँसोका पात्र मात्र नबनौं । एमालेले टिकट नदिएपछि कोमल वलीले बिहीबार दाङ ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । सो क्षेत्रबाट एमालेका हीराचन्द्र केसी उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




