कतार । पोल्याण्डमाथि २–० काे सहज जित निकाल्दै उपाधि दावेदार अर्जेन्टिना आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर फिफा विश्वकप कतार २०२२ काे अन्तिम १६ मा प्रवेश गरेको छ ।
साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा जित निकालेर नकआउट चरणमा स्थान बनाएकाे हाे । पराजयका बाबजुद पोल्याण्ड पनि समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । समूह सी मा समान ४ अंक भए पनि पोल्याण्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पारेको हो ।
दोस्रो हाफमा ब्राइटनका एलेक्सिस म्याक अलिस्टर र म्यानचेस्टर सिटीका जुलियर अल्भारेजले गरेको गोलले अर्जेन्टिनालाई जित दिलाए । पहिलो हाफमा कप्तान लिओनेल मेस्सीले पेनाल्टी चुकाउँदा पहिलो हाफको खेल गोलरहित रहेको थियो । ६८ औं मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पार्दै जित दिलाए ।
मेक्सिकोले साउदी अरेबियालाई २-१ ले पराजित गरेपनि नकआउट चरणमा स्थान बनाउन सकेन । यस समूहमा अर्जेन्टिना ३ खेलमा २ जित र १ हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहयो । मेक्सिको र पोल्यान्डले समान ४-४ अंक जोडे । तर पोल्यान्ड (०) को गोलअन्तर मेक्सिको (-१) भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्यान्ड अघि रहयो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहयो ।
एक समय पहेंलो कार्डमा समूहको दोस्रो र तेस्रो स्थानको छिनोफानो गर्ने अवस्था रहेको थियो । तर इन्ज्युरी समयको अन्त्यतिर मेक्सिकोले गोल खाएपछि पोल्यान्ड त्यहि गोलको सहायताले गोलअन्तरमा अघि रहँदै नकआउट चरणमा स्थान बनाउन सफल रहयो । यदि मेक्सिकोले अन्तिम समय गोल थपेको भए पोल्यान्ड बाहिरिने थियो ।
यस समूहमा अर्जेन्टिना ३ खेलमा २ जित र १ हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहयो । मेक्सिको र पोल्यान्डले समान ४-४ अंक जोडे । तर पोल्यान्ड (०) को गोलअन्तर मेक्सिको (-१) भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्यान्ड अघि रहयो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहयो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




