देउवाको जम्बो मन्त्रिमण्डलका नयाँ सदस्य, ठेकेदारदेखि उद्दण्ड मण्डलेसम्म !

काठमाडौं २६ भदौ प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा तीनजना मन्त्री थपिएका छन् । बिवादकाबीच दर्ता भएको पूर्वपञ्चहरुको पार्टी राप्रपा प्रजातान्त्रिकका तीनजना नेतालाई लिएर देउवाले सोमवार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । निर्वाचन मिति घोषणा भएर आचार संहितासमेत लागू भइसकेको सन्दर्भमा मन्त्रिपरिषद् विस्तार सर्वथा अनुचित थियो । त्यसैमाथि देउवाले राष्ट्रिय राजनीतिका विबादास्पद पात्रलाई मन्त्रिमण्डलमा भित्राएका छन् । संविधान संशोधन विधेयक संसद्बाट अस्वीकृत भइसकेको अबस्थामा...

सर्वोच्च अदालतमा चारजना न्यायाधीश थप्ने तयारी

काठमाडौं, १७ भाद्र सर्वोच्च अदालतमा रिक्त चार न्यायाधीशहरूको नियुक्तिका लागि सिफारिस गर्ने तयारी सुरु भएको छ । सम्भवतः असोजको पहिलो सातासम्म सर्वोच्चमा चारजना न्यायाधीश नियुक्त हुनेछन् । यसअघि न्याय परिषदको बैठकमा कोरम नै नपुगी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको, दिनमा गर्न नसकी रातमा नियुक्तिका लागि सिफारि भएको, नियुक्त भएकाहरुको योग्यतामा समेत प्रश्न उठाइएको अवस्था थियो । यसपटक भने न्याय परिषदको पूर्ण बैठकले...

निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयप्रति केपी ओलीको असन्तुष्टि

भाद्र १४ नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । बैंककमा स्वास्थ्य उपचार गरी आज स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै दलीय सहमति विपरित सरकारले प्रमुख प्रतिपक्षीसँग समेत छलफल नगरी विना औचित्य दुई चरणमा निर्वाचन गराउने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । निर्वाचन आयोगले मंसिर ४ र २१...

संविधानमा नेपाललाई ‘हिन्दु अधिराज्य र बुद्धको जन्मभूमि’ लेख्न माग

काठमाडौं, १४ भदौ । राष्ट्रिय शिवसेना पार्टीले नेपाललाई वैद्धिक सनातन हिन्दु अधिराज्य घोषणा गर्नको लागि सरकारसँग माग गरेको छ। राष्ट्रिय शिवसेना पार्टीले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । पार्टीका अध्यक्ष बिक्रम बहादुर बमले नेपाललाई वैद्धिक सनातन हिन्दु अधिराज्य, वुद्धको जन्मभूमि भनेर संविधानमै लेख्नको लागि सरकारलाई आग्रह गरेका छन् । अध्यक्ष बमले भने,‘संवैधानिक राजसंस्थालाई केन्द्र र प्रदेशको निर्वाचन पूर्व नै निरन्तरता...

ठूला पार्टीका एक तिहाई केन्द्रीय सदस्य बिदेशी एजेन्ट – नारायणमान बिजुक्छे

भक्तपुर, भाद्र १४ नेपालमजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ठूला पार्टीका एक तिहाई केन्द्रीय सदस्य बिदेशी एजेन्टको रुपमा काम गरिरहेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै बिदेशीहरुले जानकारी पाउनु र पूर्व योजना अनुुसार काम गर्न सफल हुनुमा हरेक ठूला दलका तिनै एक तिहाई बिदेशी...

प्रदेश र प्रतिनिधि सभा चुनाव दुई चरणमा गर्ने सरकारको निर्णय

भाद्र १४ काठमाडौं– सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गतेको अर्को मिति तय गरेको छ । सरकारले यसअघि दुवै निर्वाचन एकै पटक गर्ने भन्दै मंसिर १० गतेको मिति तोकेको थियो । तर, आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा चुनाव गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गतेलाई तोकिएको सञ्चारमन्त्री...

देउवा भ्रमणमा आन्तरिक मामिलाको छा‍या

भाद्र ११ प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणपछि आइतबार स्वदेश फर्कंदैछन् । घर फर्किंदा उनलाई सहज स्थिति भने हुनेछैन किनकि भारत भ्रमणमा उठेका वा नउठेका कतिपय विषयलाई लिएर उनले प्रश्नहरुको सामना गर्नुपर्ने देखिन्छ । र, तीमध्ये एकाध विषयले अबको केही समय आन्तरिक राजनीति तताउने लक्षण देखिंदैछन् । भारतीय समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनमा देउवाले सार्वजनिक रुपमै संविधान संशोधनको लागि भविष्यमा प्रयास गर्ने...

हचुवा शैलीले गर्दा काँग्रेस शक्तिशाली बन्न सकेन : वरिष्ठ नेता पौडेल

तनहुँ, भदौ ११ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरू पनि चुनावी माहोलमा आएको बताएका छन् । अाइतबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताएका हुन् । प्रदेश र सङ्घको निर्वाचन मंसिर महिनामा सम्पन्न हुन्छ नेता पौडेलले भने, ‘अब हुने निर्वाचनमा चुनाव विरोधी शक्तिहरू पनि सहभागी हुनेछन् । उनले राजनीतिक खिचातानीले विकास निर्माणका काम प्रभावित भएकाले...