MOSCOW, RUSSIA - JUNE 14: Artist perform during the opening ceremony prior to the 2018 FIFA World Cup Russia Group A match between Russia and Saudi Arabia at Luzhniki Stadium on June 14, 2018 in Moscow, Russia. (Photo by Shaun Botterill/Getty Images)

मस्को (एजेन्सी) । विश्व फुटबलको कुम्भ मेला फिफा विश्वकप २०१८ फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

रसियाको मस्कोस्थित लुजानकी रंगशालामा २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिता औपचारिका रुपम ाशुरु भएको हो । विश्वकप अब एक महिनासम्म रसियाको विभिन्न ११ शहरको १२ रंगशालमा चल्नेछ ।

उद्घाटन समारोहमा बेलायतका गायक रोबी विलियम्स र रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले आफ्नो प्रस्तुती दिएकी थिइन् ।

ब्राजिलका लागि दुईपटक विश्वकपको ट्रफी उचालेका रोनाल्डो पनि दुई सेलिब्रिटीसँग देखिएका थिए । उद्घाटन समारोहमा रसियन कलाकारहरुलृ पनि विशेष प्रस्तुती दिएका थिए । उद्घाटन समारोहलाई रुसी राष्ट्रपति भ्लादिमर पुटिनले विशेष सम्वोधन गरेका थिए ।

उद्घाटन समारोहमा विश्व फुटबलका हस्तीहरु लगायत विश्वका सेलीब्रेटीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार