सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सहरको तापक्रम शनिबार ४७ दशमलव ३ डिग्री सेल्सियस पुगेपछि जनजीवन प्रभावित भएको छ । जलवायु विज्ञान ब्युरोका अनुसार उक्त तापक्रम ७९ वर्षयताकै उच्च हो । यसअघि सन् १९३९ मा रिचमन्ड सहरको तापक्रम ४७ दशमलव ८ डिग्री पुगेको थियो ।
गर्मी बढेसँगै कल्याणकारी संघसंस्थाका प्रतिनिधिले सार्वजनिक स्थानमा पानी वितरण गरिरहेका छन् । अधिकारीहरूले अत्यधिक गर्मीका कारण कतिपय स्थानमा विद्युत् आपूर्ति मिलाउन समस्या पुगेको बताएका छन् ।
गर्मीका कारण सिड्नीको क्रिकेट मैदानमा इंग्ल्यान्डका ब्याट्सम्यानले अस्ट्रेलियाविरुद्धको टेस्ट खेल्न निकै संघर्ष गरेका थिए । तापक्रम ४० डिग्रीबाट उकालो लागेपछि सिड्नी अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताका खेलहरू स्थगन भएका थिए ।
अत्यधिक गर्मीका कारण फोटोपत्रकारका क्यामेरा समेत बन्द भएका थिए । फोटो पत्रकार जामी पन्दरामले गर्मीका कारण तस्बिर लिन नसकिएको टवीटरमा उल्लेख गरेका छन् । न्यु साउथ वेल्स एम्बुलेन्स सेवाले मानिसहरूलाई आफ्नो स्वास्थ्यबारे ध्यान दिन सचेत गरेको छ ।
ट्वीटरमार्फत जारी सूचनामा उल्लेख छ, ‘आफ्नोस्वास्थ्यबारे विशेष ध्यान दिनुहोला । निकै गर्मी हुनेवाला छ ।’ उसले मानिसहरूलाई प्रशस्त पानी पिउन, समुद्रमा सुरक्षित पौडी खेल्न र बच्चाहरूको विशेष ख्याल गर्न सुझाएको छ ।
अधिकारीहरूले आगलागी फैलन सक्ने भन्दै चेतावनी दिएका छन् । उनीहरूले सिड्नी क्षेत्रमा आगो सल्काउन रोक लगाइएको बताए । यसअघि शनिबार भिक्टोरिया र दक्षिणी क्षेत्रमा आगलागी फैलिएका कारण केही भौतिक सम्पत्तिमा क्षति पुगेको थियो । अधिकारीले देशका विभिन्न २० ठाउँमा फैलिएको आगलागीमध्ये ४ स्थानमा नियन्त्रणको प्रयास जारी रहेको जनाएका छन् ।
अस्ट्रेलियामा सन् २०१६ को डिसेम्बरदेखि २०१७ को फेब्रुअरीबीचमा २ सयभन्दा बढी मौसमसम्बन्धी रेकर्ड कायम भएका थिए । विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण अस्ट्रेलियाको तापक्रममा अत्यधिक वृद्धि भएको हो । उनीहरूले मंगलबारसम्म मौसममा कुनै सुधार नआउने बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




