काठमाडौं, २६ पुस । नेपाल चीनसँगको इन्टरनेट सञ्जालमा जोडिएको छ । नेपाल टेलिकम चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएसँगै नेपालमा भारतीय इन्टरनेट एकाधिकार तोडिएको छ ।

इन्टरनेटमा जोडिने भाका पटक(पटक भाका सार्दै आएको नेपाल टेलिकमले अन्ततः चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेको छ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत रं नेपालका लागि चिनिया राजदुत यु होङले संयुक्तरुपमा शुक्रबार यो नेटवर्कको औपचारिक उद्घाटन गर्नेछन् ।

केही हप्ता भएको परीक्षण सञ्चालन सफल भएपछि व्यवसायिक रुपमा नै सञ्जालमा आवद्ध हुने तय गरिएको छ । रसुवागढी नाका भएर नेपालमा चीनको इन्टरनेट सञ्जाल जोडिएको हो । यसअघि झण्डै एक वर्षअघि नै चीनबाट इन्टरनेट ल्याउने भनिएको थियो । तर, इन्टरनेटलाई चिनियाँ क्षेत्रमा हिउँले अवरोध सिर्जना गरेपछि तोकिएकै मितिमा सम्भव भएन ।

अघिल्लो वर्षको जाडो महिनाभर चीनतर्फ बिग्रिएर मर्मत गर्नुपर्ने भएको इन्टरनेटको अप्टिकल फाइबर बाक्लो हिउँले पुरिएको थियो ।

हिउँले प्रभावित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि(रुटिङ गर्दै नेपाललाई इन्टरनेटमा भारतीय परनिर्भरताबाट विकल्प प्रदान गरेको छ । पहिरोमा फसेको ३ किलोमिटर अप्टिकल रुटलाई रि(रुटिङ गरेर नेपाल इन्टरनेट मार्गमा नयाँ विकल्प तयार गरेको हो ।

चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको १ वर्षपछि चिनियाँ इन्टरनेट नेपालसँग जोडिएको हो । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार