एजेन्सी-नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।
आयुर्वेद विज्ञानमा मह कुन चिज सँग खाने र कुन चिजसँग नखाने प्रष्ट बताइएको छ । आयुर्वेद चिकित्सकहरुकाअनुसार यी चिजहरुसँग मह खाएमा यसले मानव स्वास्थमा नकरात्मक असर पार्न सक्छ ।
माछा र मासु
माछा र मासुको साथमा मह खानाले यसले शरिरमा विषाक्त पदार्थ उत्पन्न गर्छ जसले हाम्रो स्वास्थमा नराम्रो असर पर्न सक्छ ।
तेल
कुनै पनि तेलको साथमा मह नखानुहोस । यसले हाम्रो शरिरको आन्तरिक अङ्गहरुमा खराब असर गर्न सक्छ ।
घिउ
घिउ र महको बराबर मात्रा मिलाएर नखानुहोस । यसले शरिरमा विष फैलने खतरा बढ्छ ।
तातो खाना
महको प्रभाव हाम्रो शरिरमा गर्मी पैदा गर्नु हो । यदी यसलाई तातो खानाको साथमा खाएमा पखाला लगाएत अन्य स्वास्थ्य समस्याहरु आउन सक्छन् ।
चिया वा कफि
चिया र कफिको साथमा महको सेवन गर्नाले हाम्रो शरिरको तापक्रम बढ्छ । यसले उत्तेजना र तनाव बढ्छ ।
मूला
महको साथमा मूला खानाले शरिरमा विषाक्त पदार्थ उत्पन्न हुन्छ । यसले शरिरको अङ्गहरु ड्यामेज हुने खतरा बढ्छ ।
तातो पानी
तातो पानीको साथमा मह नखानुहोस । यसले शरिरमा गर्मी बढाँउछ जसले पेट खराब हुने समस्या आँउछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार