पेटमा अल्सर हुनु मात्र दुखाई मात्रै होइन, निकै खतरनाकसमेत सावित हुन सक्दछ । यो समस्या थाहा पाउने बित्तिकै यसको उपचार सुरु गर्नु जरुरी हुन्छ । अन्यथा यसले आन्द्राको क्यान्सर पनि जन्माउन सक्छ ।
पेटको अल्सर अर्थात पेटमा हुने छाला वा यस्तो घाउ जुन फोका बनेपछि हुन्छ । यसप्रकारको समस्या अक्सर खानपानमा गलत परिवर्तनका कारण उत्पन्न हुने गर्दछ, जुन कहिलेकाँहि घातक पनि सावित हुन सक्दछ।
सामान्यतः अल्सर, शरीरभित्र साना आन्द्राको सुरुवाती स्थानमा वा म्युकल झिल्लीमा हुने छाला वा घाउ हो । यसप्रकारको अल्सरलाई पेस्टिक अस्लसर वा ग्यास्टिक अल्सर भन्ने गरिन्छ । यसको मुख्य कारण पेटमा अम्ल बढ्नु, धुमपान एवं नषालु पदार्थको सेवन, अत्याधिक स्टिरोयडसको सेवन, अनुवांशिक कारण, अत्याधिक तनाव वा खापानमा गडबडी हुनु हो । हेलिकोबैक्टर पाइलोरी नामक जीवाणुको संक्रमण पनि पेटमा अल्सर हुने एउटा प्रमुख कारण हो ।
अल्सरको लक्षणः
त्यसो त सुरुवाती चरणमा अल्सरको पहिचान गर्न मुश्किल हुन्छ । तर यदि तपाईलाई यसप्रकारको स्वास्थ्य समस्याहरु छ भने त्यो अल्सरको लक्षण पनि हुन सक्दछः
१. कयौ मानिसलाई पटकपटक डकार आउने समस्या हुन्छ । यो पेटको अल्सरको एउटा लक्षण पनि हुन सक्दछ । त्यसैले अलि सम्हालिनुस् ।
२. पेटमा कुनै प्रकारको घाउ वा पीडा महशुस हुनु एवं आन्द्रामा जलनको गुनासो हुनु ।
३. पेटमा सूजन, छातीमा जलन एवं ग्यासको समस्या हुनु।
४. पेटको माथिल्लो भागमा दुख्नु एवं जलन हुनु वा पेय पदार्थ पिएपछि असहजता अनुभव हुनु ।
५. दिसामा रगत आउनु वा रंग गाढा हुनु ।
६. खोक्दा रगत आउनु वा वान्ता हुनु ।
७. तौल कम हुनु र भोग नलाग्नु ।
घरेलु उपाय
जाभाकुसुमको रातो फूललाई पिँधेर पानीका साथ यसको सर्बत बनाएर पिउनुस् । पेटको अल्सरका लागि यो एउटा उत्तम औषधि हो ।
२. गाईको दुधमा बेसारको केही मात्रा मिलाएर त्यसलाई दिनहुँ पिउँदा पनि पेटको अल्सरमा लाभ हुन्छ ।
३. बेलको जुस वा बेलपत्रलाई पिँधेर त्यसलाई पानीमा मिसाएर बनाएको पेय सेवन गर्दा पनि पेटको अल्सरमा लाभ प्राप्त हुन्छ ।
४. बदामलाई रातभर पानीमा भिजाएर बिहान त्यसलाई चबाएर खानुस्, जसबाट यसको दुध पेटको छालासम्म पुगोस । तपाई चाहनु हुन्छ भने बदामलाई दुधमा पिँधेर पनि प्रयोग गर्न सक्नु हुन्छ ।
५. केरा, नरिवल, काउली, गाजर, मेथी र शितल चिनीलाई कुनै पनि रुपमा सेवन गर्न सकिनेछ । अल्सर रोगका लागि यो लाभदायी छ।
सावधानी
अल्सरबाट बच्नका लागि अत्यधिक तेल, खुर्सानी, मसाला वा जंकफुड वा कोल्ड्रिंकको सेवन नगर्नुहोस । तनाव लिनबाट बच्नुस एवं हिडडुल र ब्यायाम गर्न सुरु गर्नुस् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




