संसारमा हरेक मान्छेको एउटै चासो हुन्छ , पैसा कसरी कमाउने, सुख सयल कसरी प्राप्त गर्ने । धेरैले वैध तरिकाबाटै धेरै भन्दा धेरै पैसा कमाउने सोच राख्छन् । कोही सफल हुन्छन् भने कोही असफल हुन्छन् । केहीले भने अवैध तरिकाले पैसा कमाउन चाहन्छन् । संसारमा अवैध तरिकाले पैसा कमाउने कामले भने सुख होइन तनाव मात्रै दिने गरेको छ ।
नेपाल जस्ता अल्पविकसित देशका नागरिकको सोचाई हुन्छ , आफ्ना छोरा छोरीलाई राम्रो विद्यालयमा पढाउा, आफ्नो एउटा सानो घर हाओस्, बिरामी पर्दा सामान्य उपचार गर्न पाइयोस् ।
समाजमा आनो प्रतिष्ठा हाओस् । धेरैको यस्तै चाहना हुन्छ । तर पैसा कमाउने विषय त्यत्ति सहज भने छैन । यसमा केही नयाँ सोच र तरिका जरुरी पर्दछ । संसारभरमा नै पैसा कमाउन नचाहने मानिस कमै होलान् । पैसा कमाउनका लागि कोशिसि पनि आवश्यक पर्दछ । त्यसका लागि सबैभन्दा पहिले आनो क्षमता बढाउनु जरुरी हुन्छ ।
क्षमताको प्रयोग गरेर रोजगारी या कारोवार गर्नु उत्तम हुन जान्छ । त्यसबाट बचत तथा लगानीका लागि थप अवसर समेत खोज्न सकिन्छ । वित्तीय क्षेत्रका जानकाहरु भन्छन् पैसा कमाउनका लागि सपना मात्रै देखेर पनि हुँदैन । त्यसका लागि सही र सहज प्रयास समेत गर्नु जरुरी हुन्छ ।
सपना देख्नुस्
सपना देख्नेले मात्रै समाजमा ठूलो प्रतिष्ठा, मान प्रतिष्ठा र पैसा समेत कमाउन सक्छ । सपना नदेख्ने र महत्वाकाक्षा नराख्नेले समाजमा कुनै पनि प्रकारको प्रगति गर्न स्क्दैन । सपना र महत्वाकाक्षाले मात्रै तपाईको दायरलाई फराकिलो बनाउन सहयोग पुग्छ ।
यदि तपाई केही ठूलो काम गर्ने र सपना देख्नुहुन्छ तब तपाईलाई त्यसले केही न केही थप मार्ग प्रशस्त गरिदिन्छ । सपना देख्नले नै त्यसलाई पूरा गराउन हरसम्भव प्रयास गर्दछ । आफूलाई सफल बनाउन प्रयत्न गर्न स्क्छ । तपाईको त्यस्तो सपनाको कसरी पूरा गर्न सकिन्छ । त्यसका लागि तपाईलाई उपयुक्त लाग्ने योग्य व्यक्तिको समेत सहयोग लिन सक्नुहुन्छ ।
आफ्नो क्षमताको पहिचान गर
जानकारहरु भन्छन्, तपाईको क्षमता, योग्यता के हो त्यो पहिचान गर्नुस् । त्यसले तपाईलाई सफल हुन मद्दत मात्रै गर्दैन, मार्गनिर्देशन समेत गर्दछ । तपाई आनै बारेमा यो जान्न जरुरी छ कि तपाई सबैभन्दा सहज र सपजलो तरिकाले के कमा गर्न सक्नुहुन्छ ।
तपाईले मनदेखि नै गरेको काम तथा क्षमताको पहिचानले मात्रै तपाईले खोजेको सफलता हासिल गर्न सक्नुहुन्छ । यसलाई ध्यानमा राख्नुस कि जीवनमा सफलता हासिल गर्न वा पैसा कमाउनका लागि मतिस्कलाई सही दिशामा लगाउन जरुरी हुन्छ ।
कडा मेहनतको विकल्प छैन
पैसा कमाउने विषय सजिलो र सहज छैन । त्यसका लागि कडा मेहनत र डेडिकेशनको जरुरी पर्दछ । असाध्यै तल्लो तलबाट माथि उठेका संसारका ठूला मान्छेहरुले जीवनमा गरेको संघर्षका कथा पढ्नुस । दुःखबाट सफलता हासिल गरेर व्यक्तिको कथा र जीवन संघर्षले तपाईलाई प्ररित गर्दछ । तपाईको क्षमता बढाउन र मेहनत गर्नका लागि त्यसले तपाईलाई प्रेरित गर्दछ ।
वारने बफेट हुन वा अमेजनका मालिक वा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश आम्बानीले सपना देखेका कारण नै सफलता हासिल गरेका हुन् । कुशलता पूर्वक सफलता हासिल गर्न सकिन्छ । सफलता हासिल गर्नका लागि तपाई सधै तत्पर समेत हुनुपर्दछ । तपाईको सपना पूरा गर्न कडा मेहनत गरेपछि त्यसले मात्रै स्वर्णिम भविस्यको उज्यालो स्म्भावना तय गर्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




