ललितपुर । नेपाली चित्रकलामा, उज्यालो भविष्य खोज्दै आएका मिलन सापकोटा यति वेला चित्र कोरेरै चर्चामा छन् ।
उमेरले २५ वर्ष पुगेका मिलनले चित्रकला थालेको २ वर्ष मात्र हुँदैछ । यो २ वर्षे अवधिमा विभिन्न व्यक्ति तथा सेलिब्रेटीहरुको तस्विर बनाएर यतिबेला उनी पनि सामाजिक संजालमा सेलिब्रेटी झैँ भएका छन् ।
सानो उमेरदेखि चित्रकलामा रुची भएपनि उनको चित्रकलाको यात्रा अलिक भिन्न छ । चित्रकला पेशा अंगाल्नु अघि उनले धेरै व्यवसायमा हात हालेको बताए । उनले चित्रकलाको सुरुवात गर्नु अघि जुत्ता पसल खोले, त्यसबाट सोचेजस्तो आम्दानी लिन नसकेपछि फाइनान्स, फामेर्सीहुँदै विभिन्न व्यवसायमा हात हाले तर हरेक व्यवसायमा उनी असफल रहे । असफलतानै सफलताको संकेत हो भन्ने कुरा बुझेर बचपनमा आफूँले बनाएको तस्बिरले विद्यालयमा शिक्षकहरुको स्याब्बासी पाएको कुरा संझेर उनले चित्रकलालाई निरन्तरता दिए ।
उनले युटुब तथा सामाजिक संजालबाटनै सिकेर यतिबेला उत्कृष्ट चित्रकारहरुको सुचीमा नाम सुरक्षित गराइसकेका छन् ।
उत्कृष्ट चित्रकारहरुको सुचीमा छुट्टै नाम दर्ता गराउनु उनका लागि चानचुने कुरा थिएन । उनले सुरु सुरुमा बनाएको केही तस्बिरहरु सामान्य मात्र थिए ।
एउटा सामान्य तस्विर बनाउन ८ देखि १२ घन्टा सम्म लाग्ने बताएका उनले स्केच अनुसारको राम्रै पारिश्रमिक पनि पाइरहेका छन् । एउटा मात्र अनुहार भएको स्केच बनाउँदा एक हजार देखि एक हजार पाँच सय सम्म लिने र दुई/ तीन जनाको अनुहार भएको स्केच बनाउँदा तीन हजार देखि पाँच हजार सम्म लिने गरेको उनले बताए । सापकोटाले स्नातक तह उत्तीर्ण गरिसकेका छन् भने आगामी दिनमा पढाई र स्केच दुवैलाई निरन्तरता दिने सोचमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




