संसारभरी यतिबेला फेसएपले धुम मच्चाइरहेको छ । यो एपका माध्यमबाट मानिसहरुले आफ्नो बुढ्यौली अवस्थाका सम्भावित तस्बिर बनाएर फेसबुकमा पोस्ट गरिरहेका छन् ।

मानिसहरुले फेसबुकमा यस्ता तस्बिर अन्धाधुन्द पोस्ट गरिरहेका छन् । यसबाट कुनै पनि व्यक्तिको तस्बिर कृत्रिम रुपमा बुढो अनुहारमा रुपान्तरण हुन्छ ।

तर तपाइले जसरी यसलाई रमाइलाको रुपमा लिनुभएको छ, त्यति नै यसमा खतरा पनि छ । यो रुसी एप हो, जब फोटो बदल्नका लागि पठाउनुहुन्छ, तब यसबाट सर्वरसम्म जान्छ ।

फेसएप प्रयोगकर्ताको तस्बिर छानेर अपलोड गर्छ र यसमा परिवर्तन कृत्रिम इन्टेलिजेन्सका माध्यमबाट गरिन्छ । यसमा सर्वरको प्रयोग हुन्छ र एपका माध्यमबाट नै तपाईको फोटो खिच्छ ।

यसबाट तपाई आफ्नो एउटा फोटोमात्रै होइन, तपाईका धेरै सूचना पनि यसलाई दिइरहनुभएको छ । तपाईको यो तस्बिर निजी प्रयोग भइरहेको लाग्न सक्छ, तर यसको सार्वजनिक प्रयोग समेत गर्न सकिन्छ ।

यो एपले तपाईको फोनबाट सूचना लिन सक्छ र पछि सूचनालाई विज्ञापनमा प्रयोग गर्न सक्छ । यसले तपाईका आदत र रुचीबारे समेत जानकारी लिन खोजिरहेको हुनसक्छ, ताकि विज्ञापनमा प्रयोग गर्न सकियोस् ।

यसलाई मार्केटिङको हतियारका रुपमा समेत हेरिएको छ । केही मानिसले फोनका माध्यमबाट यो एपले सबै तस्बिरमा समेत पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

कतियले यो एप खोलेपछि इन्टरनेटमा अपलोड हुन थालेको दाबी गरेका छन् । फेसएपलाई लिएर अमेरिकी सिनेटमा समेत चिन्ता जनाइएको छ ।

सिनेटमा डेमोक्रेट पार्टीका नेता चक सुमरले फेसएपबारे अनुसन्धान गर्न माग गरेका छन् । डेमोक्रेटिक नेशनल कमिटिले २०२० को निर्वाचनको प्रचारमा एपको प्रयोगलाई लिएर उनले छानविनको माग गरेका हुन् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार