काठमाडौं- नेपालका ६ प्रतिशत नागरिकमा दीर्घकालीन मिर्गौला रोग रहेको एक अनुसन्धानले देखाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘जनसंख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भार’का विषयमा गरेको देशव्यापी अध्ययनले ६ प्रतिशत नेपालीमा दीर्घकालिन मिर्गौला रोग अर्थात क्रोनिक किड्नी डिजिज् (सिकेडी) रहेको देखाएको हो।
परिषद्ले देशव्यापी रुपमा सबै जनसंख्या र भौगोलिक अवस्था समेट्ने गरी परिषद्ले ४ वटा नसर्ने रोगका विषयमा अनुसन्धान गरेको थियो। सिओपिडी, मधुमेह, मिर्गौला र मुटु रोगका विषयको अध्ययनका लागि परिषद्ले १३ हजार २ सय जनामा यो अनुसन्धान गरेको थियो।
परिषद्ले सबै क्षेत्रका जनसंख्यालाई समेट्ने ७ वटै प्रदेशका ७२ जिल्लाका १३ हजार २ सय जनालाई नमुनाका रुपमा छनोट गरेको थियो।
अनुसन्धानका क्रममा ४ वटा रोगमध्ये सबैभन्दा बढी सिओपिडीको समस्या ११ दशमलव ७ प्रतिशतमा पाइएको छ। त्यसपछि मधुमेहको समस्या ८ दशमलव ५ प्रतिशत र मिर्गौलाको समस्या ६ प्रतिशतमा भेटिएको छ।
अनुसन्धानमा मिर्गौला सम्बन्धी रोगको भार सबैभन्दा धेरै गण्डकी प्रदेशमा ६ दशमलव ८ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ४ दशमलव ७ प्रतिशत भेटिएको छ।
मिर्गौलाको बिरामी कुन प्रदेशमा कति प्रतिशत?
प्रदेश १ – ५ दशमलव २
प्रदेश २ – ६ दशमलव ६
प्रदेश ३ – ६ दशमलव ५
गण्डकी प्रदेश – ६ दशमलव ८
प्रदेश ५ – ५ दशमलव ७
कर्णाली प्रदेश – ४ दशमलव ७
सूदुरपश्चिम प्रदेश – ५ दशमलव ९
चिकित्सकहरुका अनुसार स्वस्थ व्यक्तिका दुबै मिर्गौलाले संयुक्त रुपमा प्रति मिनेट १०० देखि १३० मिलिलिटरसम्म रगत छान्ने काम गर्दछ। साथै पिसाब मार्फत अनावश्यक तथा दूषित पदार्थ शरीरबाट बाहिर निष्कासन गर्दछ। तर कुनैपनि कारणले गर्दा यसरी छान्ने क्षमतामा ह्रास आएमा मिर्गौला रोग लागेको भन्नुपर्ने हुन्छ।
मिर्गौला रोगलाई दुई भागमा विभाजन गरिएको छ।
१ मिर्गौलाघात
२ दीर्घकालीन मिर्गौला रोग
१ मिर्गौलाघात : मिर्गौलाको कार्य क्षमतामा अकास्मत वा तिव्र रुपले ह्रास आउँछ। जसमा पिसाबको निष्काशन कम हुन्छ। मिर्गौलाघात सामान्यतया उपचार गर्न सकिन्छ। मिर्गौलाघात विभिन्न कारणले हुनेगर्छ। केही कारण यस्ता छन् : तीब्र रुपमा झाडापखला लागेर अत्यधिक जल विनियोजन भएमा, अत्याधिक रक्तश्राव भएमा, शरीरमा जीवाणुको संक्रमण भई धेरै नै शिथिल भएमा, कुनै पनि औषधिको धेरै सेवन वा विष सेवन भएमा, मुत्रनली अवरोध वा संक्रमण, मुत्राशयको क्यान्सर भएमा, तीब्र रुपमा मिर्गौला सुन्निने रोग भएमा, असुरक्षित गर्भपतन भए÷गराएमा। आदी।
२ दीर्घकालीन मिर्गौला रोग : यो भनेको मिर्गौलामा तीन महिना वा सो भन्दा बढी समयदेखि क्षतिको अवस्था हुनु हो। अथवा मिर्गौलाको कार्यक्षमतामा ह्रास हुनु हो। मिर्गौलाको कार्यक्ष्मता १५ प्रतिशत भन्दा कम हुँदा दीर्घकालीन मिर्गौला रोगले मिर्गौला फेल वा मिर्गौलाको अन्तिम अवस्था सिर्जना गर्नसक्छ। मिर्गौला फेल भएपछि डायलाइसिस वा प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ।
दीर्घकालिन मिर्गौला रोग हुने कारण
उच्च रक्तचाप
मधुमेह
मिर्गौला सुन्निने रोग
जन्मजात मुत्रनली साँघुरो भई पिसाब ननिस्कने अवस्था
मूत्राशयमा बारम्बर संक्रमण
दुखाइ कम गर्ने औषधिको अत्याधिक प्रयोग
वंशानुगत रोग जस्तै मिर्गौलामा अंगुर जस्तो झुप्पा भएमा
यूरिक एसिडको मात्रा बढी भई बारम्बार बाथ भएमा
मिर्गौलाको दुवैतर्फको रत्तःनली साँघुरिएमा । आदी।
स्वास्थ्यखबरबाट लिईएको
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




