एजेन्सी । विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ जेफ बेजोस पुनः विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।
फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् । अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल सम्पत्ति ९० करोड डलरले बढ्दै ९० अर्ब ६० करोड पुगेको छ । यसअघि पहिलो स्थानमा रहेका गेट्सको सम्पत्ति चाहिँ ९० अर्ब १० करोड डलर रहेको छ ।
यो वर्षमात्रै बेजोसको सम्पत्ति १० अर्ब २० करोडले थपिएको छ भने नोभेम्बर ८ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेयता मात्रै बेजोसको सम्पत्तिमा ७ अबृ डलरको बढोत्तरी भएको छ ।
सन् १९९८ मा पहिलोपटक बेजोस अमेरिकाका सबैभन्दा धनी ४ सय व्यक्तिको सूचिमा परेका थिए । अमेजन कम्पनी सार्वजनिक कम्पनी बनेको एक वर्षपछि नै उनी अर्बपतिको सूचिमा परे र त्यतिबेला उनको सम्पत्ति १ अर्ब ६० करोड थियो । अमेजनले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार यो वर्षको तेश्रो त्रैमासिकमा कम्पनीको राजश्व आम्दानी ३४ प्रतिशतले बढेर ४३ अर्ब ७० करोड पुगेको छ । सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकमा कम्पनीले खूद मुनाफा २५ करोड ६० लाख डलर गर्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




