इनरुवा, कात्तिक २४। सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरामा शुक्रबार ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट मृत्यु हुनेमा स्थानीय ६० वर्षीया फुलमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

धरानदेखि इटहरीतर्फ आउँदै गरेको ना २ ख १०४७ नम्बरको ट्रकले ठक्कर दिँदा राईको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार