जापानको राजधानी टोकियोमा नयाँ पुस्ताको कन्भिनियन्स स्टोर: जाहाँ रोबोटले खाना पकाउँछ भने एआईले ग्राहकको व्यवहार विश्लेषण गर्नेछ

टोकियो/जापान। जापानको राजधानी टोकियोमा आगामी पुस्ताको प्रविधियुक्त कन्भिनियन्स स्टोर आज २३ तारिखदेखि सञ्चालनमा आएको छ। जापानमा आजकाल श्रमिक अभावको समाधान गर्दै बिक्री वृद्धि गर्ने उद्देश्यसहित ठूला कन्भिनियन्स स्टोरहरूले डिजिटल प्रविधिको उपयोग गर्न थालेका छन्। यस प्रकीरको नयाँ स्टोर जापानको प्रमुख कन्भिनियन्स चेन ‘लसोन ’ ले निर्माण गरिरहेको ‘ताकानावा गेटवे सिटी’ नामक ठूला पुनःविकास परियोजनाको कार्यालय भवनभित्र स्थापना गरिएको हो।लसोन कम्पनीले...

जापानको ओगासावारा टापु नजिकै यो वर्षको दोस्रो ताईफु सुरु

टोकियो/जापान । जापान मौसम विज्ञान एजेन्सीको अनुसार, यो वर्षको दोस्रो ताईफु (जापानमा हरेक वर्ष ताईफुको गणना गरि नाम राख्ने गरिन्छ )सोमबार बिहान ओगासावारा टापु नजिकैको समुद्री क्षेत्रमा विकसित भएको छ। सोमबार बिहान ९ बजेतिर उक्त ताईफु ओगासावारा टापुको किनार नजिकै उत्तरपश्चिमतर्फ प्रतिघण्टा १५ किलोमिटरको गतिमा सर्दै थियो। यसको केन्द्रिय चाप १००४ हेक्टोपास्कल मापन गरिएको छ। ताईफु २, चिचिजिमा टापुको नजिक पुगिसकेपछि...

जापानी मन्दिरका मौन रक्षक : कोमाइनु (狛犬)

जापानी शिन्तो संस्कृति र मन्दिर वास्तुकलामा एउटा विशिष्ट मूर्ति देख्न पाइन्छ  जसको नाम कोमाइनु (狛犬) हो । जो, सिंह र कुकुरको संयोजन जस्तो  देखिन्छ । यस्ता मूर्तिहरू मन्दिरको प्रवेशद्वारमा जोडीमा राखिन्छन् र मन्दिरको प्रवेशद्वारमा उभिएर उक्त मन्दिर रक्षा गर्ने प्रतीकको रुपम मानिन्छन्। कोमाइनुका दुई मूर्तिमध्ये एकको मुख खुल्ला हुन्छ र अर्काको बन्द — जसले “अ” र “उन्” ध्वनि जनाउँछ, अर्थात्...

जापानी भाषामा समस्या हुनेहरुलाई खुशीको खबर,एप्पलद्वारा एआईमार्फत म्यासेज तथा भ्वाईस कल तत्काल अनुवाद हुने सुविधा, यो शरद ऋतुदेखि लागू हुने

टोकियो/जापान। अमेरिकी सूचना प्रविधि कम्पनी एप्पलले आफैले विकास गरेको “एप्पल इण्टेलिजेन्स” नामक नयाँ पुस्ताको जेनेरेटिभ कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली सार्वजनिक गरेको छ। कम्पनीले घोषणा गरेअनुसार, यही शरद ऋतुबाट यस एआई प्रणालीलाई प्रयोग गरी आइफोन तथा ट्याब्लेटजस्ता उपकरणहरूमा म्यासेज र भ्वाइस कललाई तत्काल विभिन्न भाषामा अनुवाद गर्न सकिने सुविधा सुरु हुनेछ। यस नयाँ सुविधा अन्तर्गत, सन्देश (message) अनुवाद जापानी भाषामा पनि...

टोकियोको कन्टेनर यार्डमा भेटियो खतरनाक विषालु कमिला, सतर्क रहन टोकियो महानगरको अनुरोध

टोकियो/जापान । टोकियो महानगरले जुन ९ तारिख दिएको जानकारी अनुसार, ओता नगरको चुअओ बोउतेई को कन्टेनर यार्डमा जुन ४ तारिख भेटिएको करिब ६० वटा कमिला खतरनाक विषालु हिआरी (ヒアリ – Fire Ant) भएको पुष्टि भएको छ। हिआरी दक्षिण अमेरिकी मूलको विशेष प्रकारको घातक कमिला हो जसलाई जापान सरकारले ‘विशेष गैर-स्वदेशी प्रजाति’ मानेको छ। हिआरीले टोकेपछि शरीरमा “जलिरहेकोजस्तो पीडा” महसुस हुन्छ...

जापानमा वास्तविक ज्याला लगातार घट्दो,देखिएन सुधारको संकेत

टोकियो/जापान।जापानमा वास्तविक ज्याला (Real Wages) लगातार चौथो महिनासम्म घट्न पुगेको छ। जसले गर्दा जापानमा वसोवास गर्नेहरुक आर्थिक स्थिति झन् जटिल बनेको छ। मुद्रास्फीति र वस्तुहरूको उच्च मूल्यका कारण घरपरिवारहरूको दैनिक खर्च व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। वास्तविक ज्याला भनेको के हो ? वास्तविक तलब भनेको नोमिनल तलब (Nominal Wages) र मुद्रास्फीतिको समायोजनपछि बाँकी रहने क्रयशक्ति हो, जसले उपभोक्ताको खर्च गर्ने...

जापानमा हरेक वर्ष मनाईने सेइजिन नो हि (成人の日) भनेको के हो? यस वर्ष कति युवाहरु १८ वर्ष पुगे त ?

टोकियो/जापान । सेइजिन नो हि (成人の日) जापानमा १८ वर्ष पुगेका युवाहरूलाई सम्मान र वयस्क जीवनमा प्रवेश गरेकोमा स्वागत गर्न मनाइने परम्परागत राष्ट्रिय दिवस हो। यो दिन युवाहरूलाई उनीहरूको नयाँ जिम्मेवारी, अधिकार, र स्वतन्त्रताको प्रतीकको रूपमा बधाई दिइन्छ। यो जापानी समाजमा वयस्कतामा प्रवेशको महत्त्वपूर्ण समारोह मानिन्छ। यो दिन स्थानीय नगरपालिकाहरूले औपचारिक कार्यक्रम आयोजना गर्छन्, जसलाई सेइजिन सिकी “成人式” भनिन्छ। कार्यक्रमहरूमा परम्परागत...

ओसाकामा प्रथम नेपाल फेस्टिवल कान्साई २०२५ हुदैँ

ओसाका/जापान । जापानको ओसाकामा “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५”  हुने भएको छ । गैरआवसिय नेपाली संघ एनआरएन जापान,कान्साईको आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघ संस्थाको सह-आयोजनामा बृहत रुपमा फेष्टिवल आउँदो  अप्रील २६ र २७ तारिक २  दिन ओसाकाको क्योवासी, फुलाली पार्कमा आयोजना गर्न लागिएको हो । बिहिबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै एनआरएन कान्साईले  फेष्टिवल आयोजना बारे कान्साईमा...

तपाई जापानमा मासिक बाह्य खर्च कति गर्नुहुन्छ ? टोकियोमा बस्नेहरुले औसत ३७,३५० येन गर्ने खर्च गर्ने एक सर्वेक्षण

टोकियो/जापान। तपाई जापानमा मासिक पकेट मनिका रुपमा कति खर्च गर्नुहुन्छ ? एक सर्वेक्षणका अनुसार टोकियोमा वसोबास गर्ने वयस्क मानिसहरुले जापानका ४७ प्रिफेक्चरमध्ये सबैभन्दा धेरै खर्च गर्ने गर्दछन् ।त्यसपछि कानागावा र गुन्मा प्रिफेक्चर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । सोनी लाइफ इन्स्योरेन्स कं.ले गरेको जीवनशैली सचेतना सर्वेक्षण अनुसार, टोकियोका वयस्कहरुले मासिक औसत ३७,६५० येन (करिब $२३८) खर्च गर्ने देखियो,...

जापानमा रामेन पसलहरु धमाधम बन्द हुँदै,अघिल्लो वर्ष ७२ कम्पनी टाट पल्टिए

टोकियो/जापान। जापानमा सन् २०२४ मा रामेन पसलहरु ऐतिहासिक उच्च संख्यामा बन्द भएको एक अध्ययनले देखाएको छ। एक अनुसन्धान फर्मका अनुसार,खाद्य पदार्थको किफायती छवि कायम गर्नुपर्ने भएकाले मूल्य बढाउन सकिने ठाउँ सीमित भएको र सामग्री तथा समग्र लागत आकासिएपछि यस्तो अवस्था आएको हो। श्रम अभावका कारण श्रमिक खर्च बढ्नुले पनि प्रभाव पारेको बताईएको छ। सन २०२४ मा कम्तीमा १ करोड येनको...