वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना

गुल्मी, १२ असोज । राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन । गाउँपालिका कार्यालय वा अन्यत्र जान उनले लु १ ब १४८० नम्बरको मोटरसाईकल प्रयोग गर्दै आएका...

चिकित्सक तथा कर्मचारीको आन्दोलन शुरु

पोखरा, १२ असोज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीले तलब नपाएपछि, काम छाडेर बिहीबारदेखि हड्तालमा उत्रिएका छन् । प्रशासनले आफूहरुमाथि ज्यादति गरेको साथै कार्यरत करार कर्मचारीले ३ महिनादेखि तलब नपाएको कारण विरोधमा उत्रिनु परेको उनीहरुको भनाई छ । ‘२०६४ सालदेखि नै विभिन्न समयमा मागसहितका ज्ञापनपत्र प्रशासनमा बुझाइरहेका छौं । सहमति पनि हुँदै आएको छ । तर पूरा गरेको...

काठमाडौंमै मानसिक सन्तुलन गुमाएकी युवतीमाथि बलात्कार

काठमाडौं, ९ असोज । काठमाडौंको सिमलटारस्थित आरुबारीमा मानसिक सन्तुलन गुमाएकी २८ वर्षीय युवती बलात्कृत भएकी छन् । उनलाई स्थानीय एक ग्रिल पसलमा लगेर बलात्कार गरेको बताइएको छ । ती युवती बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धले सोलुखुम्बुका दावा तामाङलाई पक्राउ गरेको छ । युवती चर्चबाट फर्किँदै गरेको वेला फकाएर लगेर तामाङले बलात्कार गरेको पीडित परिवारको आरोप छ । तामाङको बुबाले...

६ महिनामा ७ पटक विद्यालय बन्द

काठमाडौं, ८ असोज । यो वर्ष सातौंपटक विद्यालय बन्द भयो । दुई दिन सरकार र बाँकी दिन नेकपा विप्लव र राहत शिक्षकले विद्यालय बन्द गरेका थिए । बन्दको कारण अधिकांश शिक्षालयको पढाइ चौपट भयो । नेकपा विप्लबले हिजो आइतबार उपत्यका बन्द गर्दा लाखौं विद्यार्थीको पठनपाठनमा असर प¥यो । उपत्यका बन्दको प्रभाव अन्य क्षेत्रमा नपरे पनि उपत्यकाका शिक्षण संस्थामा त्यसको प्रत्यक्ष...

दसैँको मुखमा सरकारले बढायो गाडीभाडा, कुन स्थानमा जान कति भाडा ?

काठमाडौं, ८ असोज । सरकारले यातायात व्यवासायीसँग सौदाबाजी गरेर दसैँको सवारीसाधनमा ९० प्रतिशत भाडा बढाएको छ । सरकारले आफैँले खारेज गरेको भनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग चारबुँदे सम्झौता गरी भाडा बढाएको हो । सरकारले केही महिनाअघि सिन्डिकेट अन्त्य भएको घोषणा गरी यातायात समितिहरु खारेज भएको जनाएको थियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सिन्डिकेटधारी महासंघसँग भाडा बढाउने सम्झौता गरेपछि उपभोक्ता अधिकारकर्मीले...

बाबुले नै छोरीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि…..

काठमाडौं, ८ असोज । सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ । अनुसन्धानपछि यो घटना सत्य सावित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनायो । न्यायाधीश अवनी मैनालीको एकल...

नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित

काठमाडौं, ७ असोज । समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ । जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन जिट्को अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकोमा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम टीआईटीपी लागू गरेको छ । तर, टीआईटीपी अनुसार दुई मुलुकबीच सहयोग समझदारी एमओसी हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो । प्रशिक्षार्थी कामदार लैजान जापानले २८...

दसैँको मुखैमा बढ्यो गाडी भाडा

काठमाडौं, ७ असोज । गत ४ वैशाखमा सरकारले सम्पुर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुने पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो । तर, खारेज भईसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघ वार्तामा बसेर उसैको मागअनुसार सरकारले दसैँको मुखैमा यातायातमा भाडा वृद्धि गरेको छ । यातायात मन्त्रालय र महासंघका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बृद्धि गर्ने निर्णय...

फेसबुक लफडाः पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी

काठमाडौं, ७ असोज । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलाई प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काईदिएका हुन् । आफ्ना जेठाजु कृष्णकुमार खड्काले आफुलाई अपशब्द प्रयोग गरेको भन्दै उजुरी दिन पुगेकी समुना खड्कालाई प्रहरीले यसरी फर्काइदिएको हो । नेपाल प्रहरीका पुर्वडिएसपीसमेत रहेका खड्काले फेसबुक म्यासेन्जरमा...

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव

काठमाडौं, ७ असोज । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन् । उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले । फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन् । उनीहरूले एकापसमा फेसबुकबाट अश्लील कुराकानी तथा अन्तरंग दृश्य...