अब नोटमा केरमेट गरे जेल सजाय
काठमाडौं, २४ साउन । के तपाईको नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुहस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित मुलुकी अपराध (संहिता) ऐन २०७४ मा यस्तो व्यवस्था गरिएको आजको...
प्रहरीको वान्टेड सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म
काठमाडौं, २४ साउन । मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् । तर, अहिले पनि उनीहरुको नाम अदालतको उपस्थित गराउने सूचीमा रहेको छ । मधेस आन्दोलनका क्रममा जलेश्वर घटनामा हत्या अभियोग लागेका फोरम र राजपाका २८ नेतालई उच्च अदालत जनकपुरले अदालतमा...
तामाङ गाउँमा आफ्नै ’संसद’ !
रसुवा, २३ साउन । ठुलोभार्खु गाउँमा तामाङ समुदायको बस्ती छ । सदरमुकाम धुन्चेबाट करिब ६ किलोमिटर टाढा रहेको यो गाउँका बासिन्दाको भाषा संस्कृति तथा समग्र जीवनशैली समान छ । सदीयौँदेखि यहाँ बस्दै आएका तामाङ समुदायको विकाससम्बन्धी ढाँचा र योजना पनि भिन्नै छ । यस्तै न्यायिक गर्ने परिपाटी पनि आफ्नै प्रकारको छ । गत शनिवार ठुलोभार्खुमा हरेक घरधुरीको सहभागितामा ह्युल छोक्पा गाउँले...
२० बर्षअघि बिहे गरे बिहे नै रद्ध !
काठमाडौं, २२ साउन । हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि.सं. १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागू हुन लागेका ६ कानुनी संहिता र त्यससम्बन्धी कार्य्विधिमा बालविवाह र बहुविवाहसम्बन्धी नयाँ व्यवस्था गरिएको हो...
‘होमवर्क’ गर्दागर्दै पुरिए बालक, शोकमा डुब्यो ठाँटीबजार
जजरकोट, २२ साउन । कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे । आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् । उनी रिसाङ पुग्न नपाउँदै पहिरो खसेको आवाज सुनियो । हतार–हतार डेरा फर्किइन् । फर्किंदा डेरा बसेको घरको नामोनिसान फेला पार्न सकिनन् । पहिरोले...
गुरुङहरुको सांस्कृतिक पर्व रोधीं सॉझमा चर्चित गायिका मेलिना राई र कृष्ण गुरुङ जापान आउने
टोकियो । गुरुङहरुको सांस्कृतिक पर्व रोधीं सॉझमा चर्चित गायिका मेलिना राई र कृष्ण गुरुङ आउने तयारी तिब्र । टोकियो गुरुङहरुको साझा संस्था तमुधीं जापानको आयोजनामा हुने २२ औ, रोधीं सॉझ २०१८ मा नेपाली सागितिक आकाशका चर्चित गायिक मेलिना राई, लोकदोहोरी गायिका कृष्ण गुरुङ जापान आउने तमुधीं जापानका अध्यक्ष अनिता गुरुङले जानकारी दिनु भएको छ । नेपालको सुगम संगित तथा नेपाली फ़िल्म गितहरुमा...
साहुकीको जेलबाट फर्किए प्रेम
काठमाडौं, २१ साउन । साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए । राईले चलाएको मालवाहक गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल र ५० कोर्राको फैसला सुनाएको थियो । उनी कार्यरत कम्पनीले निजी कानुनअनुसार ८ लाख रियाल...
छथरमा बसाइँ सर्नेलाई लाखौँको ईनाम !
तेह्रथुम, २१ साउन । तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई १ लाख रुपैयाँ इनाम दिने नीति लिएको छ । त्यतिमात्र नभई गाउँपालिकाले उनीहरुलाई ब्यावसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान पनि दिने घोषणा गरेको छ । नेपालमै पहिलोपटक यस गाउँपालिकामा बसाइँ सरी आउने नागरिकलाई ब्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएको अधिकारीहरुले जनाएका छन् । नागरिकलाई ब्यावासयिक तथा गाउँपालिकामा रहेको नागरिकलाई आर्थिक...
नेपाली दलालबाटै दिल्लीमा नेपाली युवती
काठमाडौं, २० साउन । नेपाल सरकारको अनुरोधमा भारतले वनारसको बाबतपुर विमानस्थलबाट खाडी देशमा नेपाली नागरिक जान रोक लगाएको छ । उद्धार गरिएका मध्ये सबैजसोले तेस्रो देश जान नेपाली दलालले दिल्ली पु¥याएको बयान दिएका छन् । उनीहरू सुनौली, नेपालगन्जस्थित सीमाबाट दिल्ली पुगेका थिए । ‘एक हप्ताकै बीचमा ७१ जना नेपाली युवती दिल्लीमा फेला पर्नुको कारण देशभित्रै खोज्नुपर्छ, हाम्रो सीमा प्रशासनलाई प्रभावकारी...
खाडीमा रोजगारीका लागि पैसा बुझाएका महिला होटेलमा बन्धक !
काठमाडौं, २० साउन । नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको छ । उद्धार गरिएका ७१ नेपाली महिलामध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि भएको हो । उनीहरूमध्ये १६ जनालाई मंगलबार काठमाडौं ल्याइएको छ, ३६ जनालाई शनिबार साँझ दिल्लीबाट भैरहवातर्फ ल्याइएको छ । बाँकी १६ जनालाई मंगलबार मात्रै दिल्लीबाट नेपाल...

