सुत्केरीलाई भालेदेखि एक माना घिउसम्म
धनकुटा, २९ साउन । धनकुटाको पाख्रिबास नगरपालिकाले सुत्केरी महिलाको पोषणयुक्त खानपिनलाई मध्यनजर गरेर सुत्केरीसँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । यही साउनदेखि सुरु गरिएको यो कार्यक्रमअन्र्तगत सुत्केरी महिलाको घरमै पुगेर जनप्रतिनिधिले नगरपालिकाको तर्फबाट कुखुराको भाले, एक माना घिउ, दाल, चनालगायतका पौष्टिक खाना र माआका लागि न्यानो झोला दिने गरिएको छ । स्वास्थ्य कार्यकर्ता, वडासचिवसहितको टोली सुत्केरीको घरमै पुगेर जन्मदर्ता र आमाको...
एक हजारमा ढाड सेवा
काठमाडौं, २९ साउन । गुराँस गाउँपालिका हुँदै कर्णाली राजमार्ग जोड्ने रतिखोलमा पक्की पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । खोलामा बाढी आएपछि स्थातीयवासी घण्टौँ अलपत्र पर्ने गरेका छन् । पुल नभएकै कारण सार्वजनिक सवारी साधन नचलेपछि रातिखोला भएर आवतजावत गर्ने यात्रुलार्य सास्ती भएको हो । स्थानीयले एक हजार रुपैयाँसम्म लिएर यात्रुलाई वारपार गराउँछन् । रातिखोलाको नजिकै बस्दै आएका रामेश्वर विकले आफ्ना...
जापानमा २४ औँ विश्व आदिवासी दिवस विशेष कार्यक्रम सहित सम्पन्न
टोकियो । नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानले २४ औँ विश्व आदिवासी दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । आईतवार जापानको राजधानी टोकियोको सिनओकुबोस्थित रोयल गार्डेन रेष्टुरेण्टमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । एनआरएन आइसिसी सदस्य ओम गुरुङ, एनआरएनए जापानका उपाध्यक्ष देबिलाल भण्डारी , नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले ,नेपाली जनप्रगतिशिल मञ्च जापानका...
छोरीलाई जन्मनै निषेध !
काठमाडौं, २८ साउन । नेपालमा पुरुषभन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर, छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउनेछ । विज्ञहरूका अनुसार सुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो सन्तान पाउँदा लिंग पहिचान गरेर गर्भपतन गराउने, छोराको चाहना बढी हुनेलगायत...
वैदेशिक रोजगारीमा मृत्यु हुनेको संख्या बढ्दो, सबैभन्दा बढी मलेसिया र साउदीमा
काठमाडौं, २८ साउन । रोजगारीको लागि विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्से्िन बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटेपनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गर्न नसक्दा मृत्युदर घट्न सकेको...
चार जिल्ला घुमाएर प्रसूतिः यसरी जोगियो आमा र बच्चाको ज्यान
बाग्लुङ, २८ साउन । सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चार–चार घण्टामा आउनु भनेर फर्काए । दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो । स्वास्थ्यकर्मीले प्रसूति कोठामा पठाएनन् । बाहिरै बस्न लगाए । साह्रै समस्या भएपछि जीसीले अनुनयविनय गरिन् । त्यसपछि बल्ल भित्र पठाइयो । राति...
एचआईभीको औषधीले ‘साईडइफेक्ट’
काठमाडौं, २८ साउन । जाडो होस् या गर्मी, घरमा होस् या सार्वजनिक ठाउँ उनी गम्लङ पछ्यौरा ओढ्छन् । कसैसँग बोल्न पनि त्यति मन गर्दिनन् । कोही ब्यक्ति आफ्नो अगडी उभिँदा मात्रै पनि उनलार्य डर लाग्छ । त्यो डर कसैले केही गर्ला भन्ने नभइ, आफु नो कुरुपता देख्ला र सोधिहाल्ला भन्ने डर हो । ४६ बर्षीया उनी १५ बर्षदेखि एचआईभी संक्रमणको...
परिवारभित्रै बलात्कारको त्रासः बुबाले छोरीलाई नातिले हजुरआमालाई !
ताप्लेजुङ, २५ साउन । हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् । बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ । नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् । आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ४० बर्षीय बाबुले पटक—पटक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ । किशोरीले बलात्कार भएको बताएपछि भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख...
चार वर्षमा ४ हजार ४ र सय ४५ महिला बलात्कृत
काठमाडौं, २४ साउन । नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ। बलात्कार प्रयासका घटना झन् बढी अर्थात् १६ प्रतिशतका दरले बढेको छ । नेपाल...
बलात्कृत युवतीको अन्त्योष्टि हुन एक बर्ष !
काठमाडौं, २४ साउन । ५ जेठ ०७४ मा बलात्कारपछि हत्या गरिएको ललितपुरकी अमृता नेपालीको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएकै कारण सद्गत हुन पनि एक बर्ष लाग्यो । अमृता र उनलाई बलात्कार गर्ने मोरङका विश्वराम रनपैली डल्लुस्थित एक घरको बल्लो पल्लो कोठामा भाडामा बस्थे । छिमेकीका हिसाबले चिनजान र कुराकानी स्वभाविक थियो । यसको फाईदा उठाउँदै विश्वरामले अमृतालाई बलात्कारपछि हत्या गरे...

