बालविवाहमुक्त वडामा घरैपिच्छे किशोरीआमा
मुगु, १ भदौं । खत्याड गाउँपालिका–५ बालविवाहमुक्त क्षेत्र हो । सरकारले खत्याड (साविकको खमाले गाविस) को वडा नम्बर ५ लाई १० मंसिर ०७२ मा बालविवाहमुक्त घोषणा गरेको थियो । तर, बालविवाहमुक्त घोषणा गरेदेखि नै यहाँ २० वर्ष नपुग्दै आमा बन्नेको संख्या बढ्दै गएको छ । महिला अथवा पुरुष दुवै २० वर्ष पूरा नभई गरिएको विवाह कानुनी रूपले बालविवाह ठहरिने जिल्ला...
दश वर्षपछि कोही आवासविहीन नहुने
काठमाडौं, १ भदौं । गरिबीको रेखामुनि रहेका आवसविहीन नेपालीलाई आवासको अधिकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको छ । नेपालको संविधान २०७२ को मौलिक अधिकारको रुपमा धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने प्रावधान रहेकोमा त्यसलाई कार्यन्यन गर्न सहकारी विकास मन्त्रालयले विधेयक तयार पारेको आजको कारोबार दैनिकमा समाचार छ । मन्त्रालयले तयार पारेर संसद सचिवालयमा दर्ता...
उपत्यकाको फोहोर व्यवस्थापन झन जटिल बन्दै
नुवाकोट, १ भदौं । सरकारले फोहोर व्यवस्थापनमा ध्यान दिएन भने अवको ३ महिनापछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने भएको छ । नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्ने अधिकार दिएपनि केन्द्रीय सरकारले बजेट उपलब्ध नगराउदा फोहोर व्यवस्थापन गर्ने काम विकराल बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन । उपत्यकाका तीन सहित ६ जिल्लाका २२ स्थानीय निकायको...
तपाईको आजको राशिफल
काठमाडौं, १ भदौं । वि.सं.२०७५ साल भाद्र ०१ गते । शुक्रबार । ईश्वी सन् २०१८ अगष्ट १७ तारिख । नेपाल सम्बत् ११३८ । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुँनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानि गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानि गरि बिलाशि...
सुत्केरीलाई डोजर भरोसा !
काठमाडौं, ३१ साउन । जिल्लाको दक्षिणी भेगमा पर्ने शैलुंगेश्वर गाउँपालिका ८ मनगाउँकी शान्ति श्रेष्ठलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो । सुरुमा त स्थानीय महिलाले उनलाई गाउँमै सुत्केरी गराउने तयार थाले । तर घरमै सुत्केरी गराउन गाह्रो परेपछि स्वास्थ्य स्वयंसेविकाको सल्लाहमा उनलार्य स्वास्थ्यचौकी लैजाने निधो भयो । तर जने कसरी ? झरी रोकिएको थिएन । ग्रामीण सडक हिलाम्मे थियो । सवारीसाधान चल्न...
नेपाली दूतावासले पठायो मृतक परिवारलाई ‘ब्लडमनी’
काठमाडौं, ३१ साउन । साउदी अरबम सडक दुर्घटनामा ज्यान गुमाएका १८ मृतक नेपालीका परिवारका लागि त्यहास्थित नेपाली दुतावासले ब्लड मनी पठाएको छ । आर्थिक बर्ष २०७४/०७५ मा ४१ मृतकको ब्लडमनी दाबी लाग्ने किसिमका मुद्धा अदालती प्रक्रियामार्फत टुंग्याएर मृतकका हकवालालाई उपलब्ध गरउन नेपालीस्थित पराराष्ट्र मन्त्रालयमा रकम पठाईएको दुतावासले जनाएको छ । साउदी अरबस्थित नेपाली दुतावासले सुरक्षित आप्रवसन परियोजना सामी को दिक्तेलस्थित कार्यालयलाई...
विपन्नलाई आवास दिइने
काठमाडौं, ३१ साउन । सरकारले घरविहीन व्यक्ति तथा परिवारलाई आवास व्यवस्था गरिदिने भएको छ । अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवास सुविधा दिन सरकारले संसदमा आवासको अधिकर सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पेस गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ । सरकारले संविधानको मौलिक हक कार्यान्वयन गर्न विधेयक बनाएको हो । आवासविहीनको विवरण संकलन, उनीहरुलार्य परिचयपत्र उपलब्ध गराउने वस्ती...
पत्रकारमाथि पेसागत जोखिम
काठमाडौं, २९ साउन । मुलुकी अपराध संहिता ऐनमा भएको केही व्यवस्थाले पत्रकरमाथि समेत पेशागत जोखिम बढ्ने देखिएको छ । वैयक्तिक गोपनीयता, गाली बेइज्जतीसम्बन्धी व्यवस्थालगायत विषयमा पत्रकारसमेत पेशागत कामकारबाीका सिलसिलामा जोडिने जोखिम बढेको आजको कान्तिपुर दैनिकमा समचार छ । संहिताको भाग ३ परिच्छेद १ मा अनुमतिबेगर कसैको तस्विर खिच्न नहुने व्यवस्था गरिएको छ । तर फोटो पत्रकारका लागि सार्वजनिक सररोकारका विषयमा जोकोहीको...
पूर्वमन्त्री पनि अति गरिबको सूचीमा
काठमाडौं, २९ साउन । बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् । खड्काका जेठा छोरा डाक्टर छन् । पोखरामा उनको निजी अस्पताल छ । खड्काका अर्का छोरा इन्जिनियर छन् । बुहारी क्याम्पसमा पढाउँछिन् । तर, उनी अति गरिबको सुचीमापरेका छन् । आजको नागरिक दैनिकमा छापिएको समाचार अनुसार, खड्का परिवार गरिबको सूचीमा छ तर खान लगाउन नपुग्ने सोही नगरपालिकाका...
पत्नीलाई जबर्जस्ती करणी गरे ५ वर्ष जेल
काठमाडौं, २९ साउन । भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ । पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ । नयाँ संहिताअनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको समाचार...

