एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन् !
डोटी, ५ भदौं । हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौका वासीका लागि यो अपवाद हो । आजको कान्तिपुर दैनिकमा समचार छ । यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दुस्खी हुँदैनन्। बरु अचम्मैसँग खुसी...
घुस लिएको अरोपमा प्रहरी जवान नियन्त्रणमा
काठमाडौं, ५ भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी जवान गोविन्द नेपालीले व्यवसायीले खरीद गरेका आयातीत सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस रकम माग गरेको भन्दै नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट नेपालगञ्ज बसपार्क, बाँकेमा कार्यरत प्रहरी जवान नेपालीले प्रलोभन देखाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियारको कार्यालय कोहलपुरबाट खटिई गएको टोलीले...
माटाका भाँडाः नेपालीको हेला, विदेशीको चासो !
काठमाडौं, ५ भदौं । नाम लिली, उमेर २६ । अघिल्तिर फनफनी घुमिरहेको चक्रबाट उनले सानो माटोको पाला बनाइन् । अनि मुसुक्क हाँसिन् । भूगोलमा सानो तर सम्पदा र संस्कृतिमा ठूलो जिल्ला भक्तपुरको पोट्री पार्कमा केही दिनयता यी चिनियाँ युवती माटोका भाँडा बनाउने कला सिक्दैछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ । कला र संस्कृतिको खुला संग्रहालय भक्तपुरमा पर्यटकहरू यत्रतत्र घुमिरहेका बेला...
बिचौलियाको दादागिरीः सरकार लाचार कि तरकारी माफिया शक्तिशाली ?
काठमाडौं, ५ भदौं । सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो । शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदश्यीय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखी कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिया लाग्दा रहेछन ? र कती मुल्य बढाइँदो रहेछ ?’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । अनुगमन...
नेपालको ग्यास कर दक्षिण एसियाकै उच्च !
काठमाडौं, ५ भदौं । स्थानीय सरकारले मनपरी ढगले जनताबाट कर संकलन गरिरहेको बेला संघीय सरकारलेने खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियालीका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन । तर, मुलुकमा सरकारले ग्यासमा विभिन्न सातवटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको...
झाको हत्यामा तराईको भूमिगत गिरोहको संलग्नताबारे पनि अनुसन्धान सुरु
काठमाडौं, ५ भदौं । प्रहरीले पूर्वराजदूत केशव झाको हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको घरमा सुरक्षा गार्ड तथा भान्सेको काम गर्ने सेतु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको हो । मालीहको नाम खुलाइएको छैन । नियन्त्रणमा लिइएका तीन जनासँग दिनभरि सोधपुछ गर्दा पनि परिणाम ननिस्केपछि तराईमा क्रियाशिल भूमिगत गिरोहको...
प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी, जारकै पानीले पाक्छ खाना !
काठमाडौं, ४ भदौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ । पुष्पकमल दाहाल प्रचण्डको पालासम्म सामान्य जारकै पानी प्रयोग हुन्थ्यो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बजारमा बिक्रीका लागि राखिएका पानी र दूधमा कोलिफर्म भेटिएको समाचार आएपछि अक्वा हन्ड्रेड प्रयोग...
नेपाली कामदारलाई मलेसिया पठाउने सम्झौता नजिक
काठमाडौं, ४ भदौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारले अनावश्यक रुपमा थप १९ हजार तिर्नुपरेको भन्दै गत जेठ २ गतेदेखि मलेसियामा नेपाली पठाउन रोक लगाईरहेको छ । श्रम सम्झौता गर्न दुई देशमा अधिकारबीच चरणबद्ध वार्ता भएका छन्, झन्डै डेढ बर्षदेखि रोकिएको वार्ता पनि सुचारु हुने वातावरण बनिरहेको छ, मलेसियाका लागि कार्यवाहक नेपाली राजदुत कुमार खरेलले भने, दुवै देशका सरकार...
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
मोरङ, २ भदौं । विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर–१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को १७ प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत...
आजको राशिफल
काठमाडौं, २ भदौं । आज मिति वि.सं.२०७५ साल भाद्र ०२ गते । शनिबार । ईश्वी सन् २०१८ अगष्ट १८ तारिख । नेपाल सम्बत् ११३८ । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउँनेछ...

